Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव बान कि मुनलाई मन्त्री मोदीको आँखी झ्याल र ढाका टोपी उपहार


२० असार, दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघका पूर्वमहासचिव बान कि मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिएका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरु सहभागी भइरहेको मन्त्रीस्तरीय सम्मेलनमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका पूर्व महासचिव बान कि मुनलाई ढाका टोपी लगाई मन्त्री मोदीले आँखी झ्याल उपहार दिएका हुन् ।

उपहार दिने क्रममा मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गरेका छन् । “नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा तपाई महासचिव हुनुहुँदा दिनभुएको साथ र सहयोगप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गर्न चाहन्छु” मन्त्री मोदीले भने, “नेपाल सरकार सदैव यहाँहरुको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछ ।”

संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले नेपालले प्राप्त गरेको उपलब्धिहरुको बारेमा प्रशंसा गरे । उनले आफूलाई नेपालको सन्दर्भमा राम्रो स्मृति रहेको बताउँदै नेपालका लागि आवश्यक सकारात्मक साथ दिन आफू सदैव तयार रहेको बताए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?