Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव बान कि मुनलाई मन्त्री मोदीको आँखी झ्याल र ढाका टोपी उपहार


२० असार, दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघका पूर्वमहासचिव बान कि मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिएका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरु सहभागी भइरहेको मन्त्रीस्तरीय सम्मेलनमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका पूर्व महासचिव बान कि मुनलाई ढाका टोपी लगाई मन्त्री मोदीले आँखी झ्याल उपहार दिएका हुन् ।

उपहार दिने क्रममा मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गरेका छन् । “नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा तपाई महासचिव हुनुहुँदा दिनभुएको साथ र सहयोगप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गर्न चाहन्छु” मन्त्री मोदीले भने, “नेपाल सरकार सदैव यहाँहरुको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछ ।”

संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले नेपालले प्राप्त गरेको उपलब्धिहरुको बारेमा प्रशंसा गरे । उनले आफूलाई नेपालको सन्दर्भमा राम्रो स्मृति रहेको बताउँदै नेपालका लागि आवश्यक सकारात्मक साथ दिन आफू सदैव तयार रहेको बताए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?