Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

साहित्यकार विजय खरेलको अमेरिकामा निधन


१८ असार, टेक्सास । झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ ।

मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उहाँका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । उनि एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका थिए । ज्वरो र पिसाबमा सङ्क्रमण फैलिएपछि टेक्सासकै एक अस्पतालमा उनको एक सातादेखि उपचार भइरहेको थियो ।

उनका उपन्यास, कथा, निबन्ध, हास्यव्यङ्ग्य, कविता, एकाङ्कीलगायतका थुप्रै कृति प्रकाशित छन् । विजयका निबन्ध (निबन्ध, २०६४), क्षितिजवारी क्षितिजपारी (काब्य, २०६५), बाटुली (विज्ञान काब्य, २०६६), इन्द्रकिल पहाडसँग (यात्रा संस्मरण, २०६८), विजयका कविता (कविता सङ्ग्रह, २०६५), सम्झनाका तरेली (निबन्ध सङ्ग्रह, २०७७), छोपिएका तारा (इतिहास), कति रोउँ म (शोक काब्य), राम साइँलीहरु (कथा कुथुङ्ग्री, २०७४), अल्पिल्टा स्वर (निबन्ध सङ्ग्रह, २०७८) र कल्पना, मुना (समालोचना, २०७८), झर्रा शब्दहरुको सङ्ग्रह (शब्दकोश, २०७९), झिल्का (कुथुङ्ग्री सङ्ग्रह) र युगारम्भ (उपन्यास, २०७९) उनका प्रकाशित कृति हुन् ।

साहित्यकार खरेलका छोरा र बुहारी अमेरिकामा छन् । छोराबुहारी भेट्न उनि पत्नी पार्वती खरेलसहित अमेरिका गएका थिए । उनका छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।

सुसेली साहित्यिक परिवार झापाका अध्यक्ष पुण्यप्रसाद खरेलले नेपाली साहित्य जगतले झर्रोवादी अग्रज साहित्यकार गुमाएको बताए । “साहित्यका सबै विधामा उत्तिकै कलम चलाउनु हुन्थ्यो”, सुसेलीका अध्यक्ष खरेलले भने, “भर्खरै मात्र उहाँको झर्रा शब्दको शब्दकोश नै प्रकाशित भएको थियो ।”


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?