Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपाली युवाले चढे युरोपको सर्वाेच्च शिखर एलब्रस


१५ असार, काठमाडाैँ । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन् । यही जुन २९ तारिखका दिन बिहान ९बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण गरेका हुन् । पाण्डेले  एलब्रसमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका थिए । उक्त  हिमाल पाँच हजार छ सय ४२ मिटर अग्लो छ ।

उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ जुन २१ मा रुस प्रस्थान गरेका थिए । पाण्डेले आरोहण गरेको उक्त हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने उनले बताए ।

पाण्डेले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन् । उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन् । पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोहण गरी सेभेन समिट पूरा गर्ने बताए । रामेछापको लिखु तामाकोशी निवासी उनले विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन् ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?