एजेन्सी। मध्य गाजा पट्टीको शहर देइर अल–बलहमा, बजार स्क्वायर एक समय व्यापारको एक चहलपहल केन्द्र थियो । अब भोकाएका परिवारहरू गम्भीर अभावको बीचमा खाना खोज्दै सडकमा घुमिरहेका छन् । स्थानीय मोहम्मद नास्सर आफू बिहानैदेखि बजारमा घुमिरहे पनि खानका लागि केही नपाएको सुनाउछन् । आफ्ना सन्तान तीन् हप्तादेखि भोकै रहेको उनले
एजेन्सी। इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् । गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै व्यवस्थापन गर्न नसकेपछि चार अन्य प्रान्तहरूमा काम गर्ने घण्टा घटाएका छन् । देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको र केही क्षेत्रहरूमा ५० डिग्री सेल्सियस नजिक पुगेको कारण यो निर्णय गरिएको हो
एजेन्सी। रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् । रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा
एजेन्सी। २०२५ को पहिलो ६ महिनामा ३ हजार ५० हजार विदेशी पर्यटकहरु मङ्गोलिया पुगेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । यस अवधिमा लगभग ५० प्रतिशत विदेशी पर्यटकहरू चीन, रूस र दक्षिण कोरियाका छन् । संस्कृति, खेलकुद, पर्यटन र युवा मन्त्रालयकाअनुसार मङ्गोलियाली सरकारले देशमा चार–मौसम पर्यटनको
एजेन्सी। उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा रहेको तामा–मोलिब्डेनम अयस्क–ड्रेसिङ प्लान्टमा अध्ययन भ्रमणको क्रममा फ्लोटेशन सेलमा खसेर ६ जना विश्वविद्यालयका विद्यार्थी डुबेको स्थानीय अधिकारीहरूले बताएका छन् । नगरपालिका आपतकालीन व्यवस्थापन ब्युरोकाअनुसार हुलुनबुइरमा रहेको चाइना नेशनल गोल्ड ग्रुप कम्पनी लिमिटेड अन्तर्गतको खानी कम्पनीद्वारा सञ्चालित प्लान्टमा दुर्घटना भएको हो । उत्तरपूर्वी विश्वविद्यालयमा
एजेन्सी। सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तको मारात मिस्रिन क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा १२ जनाको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । अल–फौआको पूर्वमा र सिरिन शहर नजिकै भएको विस्फोट हतियार डिपोबाट भएको मानिन्छ । नागरिक घरहरू, सवारी साधनहरू र नजिकैको पूर्वाधारमा क्षति पुगेको छ । आपतकालीन शतर्कताहरू जारी
एजेन्सी। थाइल्याण्ड–कम्बोडिया सीमामा भएको सैन्य आक्रमणमा नौ थाई नागरिकको मृत्यु भएको छ । थाई सेनाले एक विज्ञप्तिमा यसबारे जानकारी गराएको हो । आक्रमणबाट १४ जना घाइते भएका छन् । दुई देशबीच लामो समयदेखि सीमा विवाद जारी छ । सन् २०११ देखि नै समस्या सिर्जना भइरहेको यो क्षेत्रमा बिहीवार आक्रमण भएको
एजेन्सी। युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् । मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १०१ पुगेको छ । जसमा ८० बालबालिका पनि
एजेन्सी। नाइजेरियाले २०२५ को पहिलो त्रैमासिकमा ३.१३ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि रेकर्ड गरेको छ । देशको तथ्याङ्क ब्यूरोले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय तथ्याङ्क ब्यूरोका प्रमुख सेमिउ अदेयेमी अदेनिरानले नाइजेरियाको राजधानी अबुजामा वृद्धि दर २०२४ को सोही त्रैमासिकमा रेकर्ड गरिएको २.२७ प्रतिशत भन्दा बढी हो । पहिलो तीन
एजेन्सी। उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा कोइला खानीभित्र भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएको कोइला खानीका प्रान्तीय निर्देशक मौ घाइते सबैलाई अस्पताल लगिएको छ । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको पनि बताइएको छ ।