Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा


गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा

काठमाडौँ।गाजा पट्टीमा आईतवार बिहानैदेखि भएको इजरायली हवाई आक्रमणमा परी १८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

युद्धविराम सम्झौता कार्यान्वयनका लागि कूटनीतिक प्रयासहरूमा प्रगति भइरहेको दाबी गरिए पनि इजरायलले आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिएको हो । गाजास्थित नागरिक रक्षा विभाग (सिभिल डिफेन्स) का प्रवक्ता महमुद बसलकाअनुसार इजरायली ड्रोन र हेलिकप्टरहरूले आइतबार बिहानैदेखि गाजाका विभिन्न भागमा १० भन्दा बढी हवाई हमला गरेका छन् । ती आक्रमणहरू गाजा पट्टीको उत्तरी क्षेत्रदेखि दक्षिणसम्मका आवासीय भवन, विस्थापितहरूले आश्रय लिइरहेका पाल, सर्वसाधारणका सवारी साधन र भीडभाड भएका क्षेत्रहरूमा केन्द्रित रहेको उनले जानकारी दिएका छन् । प्रवक्ता बसलले मारिने १८ जनामध्ये चार बालबालिका र दुई महिला रहेको पुष्टि गरेका छन् ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूकाअनुसार राति करिब १ बजे भएको शक्तिशाली विष्फोटले आवासीय क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । उद्धार कार्यमा संलग्न स्थानीय बासिन्दाले भवनको भग्नावशेषबाट क्षतविक्षत अवस्थामा शवहरू निकालिएको र घटनास्थलको अवस्था अत्यन्तै विभत्स रहेको बताएका छन् । उद्धारका क्रममा एक गर्भवती महिला र उनको गर्भमै रहेको शिशुसमेत मृत अवस्थामा फेला परेको हृदयविदारक जानकारी प्राप्त भएको छ ।

यसैबीच, हमासले एक प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामका लागि मध्यस्थता गरिरहेका राष्ट्रहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ । प्यालेस्टाइनी नागरिकमाथि भइरहेको इजरायली आक्रमणको कडा निन्दा गर्दै हमासले सम्झौता अनुरूप युद्ध रोक्न इजरायलमाथि तत्काल दबाब दिन मध्यस्थकर्ताहरूसमक्ष आह्वान गरेको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?