Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै


कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै

काठमाडौँ। कोलोम्बियामा गत सोमवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ ।

राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधवार उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी हालसम्म ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता छन् । राष्ट्रपतिकाअनुसार यस प्राकृतिक विपद्बाट ५३ हजार भन्दा बढी मानिस प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सरकारले मुलुकमा ‘आर्थिक संकटकाल’ घोषणा गर्ने तयारी गरेको छ ।

राष्ट्रपति दे ला एस्पिएलाले हाल सरकारको सम्पूर्ण ध्यान र संयन्त्र बेपत्ता भएकाहरूको खोजी कार्यमा केन्द्रित रहेको जानकारी दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?