Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु


एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु

एजेन्सी। ग्रीसको एथेन्समा आयोजित ‘एथेन्स फ्लाइङ विक’ अन्तर्राष्ट्रिय एयर शोका क्रममा शनिवार वायुसेनाको एउटा लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

ग्रीसको राष्ट्रिय प्रसारक इआरटीकाअनुसार तानाग्रा एयर बेसमा प्रदर्शनका क्रममा उक्त दुर्घटना भएको हो । हेलेनिक वायुसेनाको उडान प्रदर्शन शुरु भएको केही मिनेटमै एफ–४ई फ्यान्टम २ लडाकु विमानले दाहिने मोड लिने क्रममा अचानक उचाई गुमाएर दुर्घटनाग्रस्त भएको थियो । विमान खसेलगत्तै दुई टुक्रा भएको र दुई फरक स्थानमा भीषण आगलागी भएको इआरटीले जनाएको छ ।

सैनिक स्रोतकाअनुसार दुर्घटनामा परेका दुवै पाइलटलाई घटनास्थलबाट केही दुरीमा अचेत अवस्थामा फेला पारिएको थियो । ग्रीसका रक्षामन्त्री निकोस डेन्डियासले पाइलटहरूको मृत्यु भएको पुष्टि गर्दै यस दुःखद् घटनाको सन्दर्भमा सशस्त्र बलमा शनिवारदेखि सोमवारसम्म तीन दिने शोकको घोषणा गरेका छन् ।

ज्यान गुमाउने दुवै पाइलटसँग हजारौँ घण्टा उडान भरेको लामो अनुभव रहेको सैन्य स्रोतले जानकारी दिएको छ । युरोप र एशियाका विभिन्न देशका हवाई टोलीहरूको सहभागिता रहने दुई दिने एथेन्स फ्लाइङ विकका क्रममा यो अप्रत्याशित दुर्घटना भएको हो ।


प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?