Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प


इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल वार्ता भइरहेको खुलासा गर्दै यो इरानका लागि सम्झौता गर्ने ‘अन्तिम मौका’ भएको बताएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

ट्रम्पकाअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारको समर्थनमा इरानकै अनुरोधमा यो वार्ता प्रक्रिया अघि बढेको हो । उनले इरानलाई एउटा राम्रो सम्झौतामा हस्ताक्षर गर्नका लागि यो अन्तिम अवसर भएको चेतावनी समेत दिएका छन् ।

वार्ताको रणनीतिका बारेमा प्रष्ट पार्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामी अहिले वार्ता गरिरहेका छौँ । यो वार्ता दुई चरणमा केन्द्रित हुनेछ । पहिलो चरणमा हर्मुज जलसन्धि लाई पूर्ण रूपमा खुला गर्ने विषयमा छलफल भइरहेको छ, जुन भोलिसम्ममा टुङ्गिने सम्भावना छ । दोस्रो चरणमा इरानको परमाणु निशस्त्रीकरणका बारेमा कुराकानी हुनेछ ।’

उनले इरानको परमाणु क्षमता अन्त्य हुनुपर्नेमा जोड दिँदै यो प्रक्रियाले केही समय लिने बताएका छन् यसअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी नेतृत्वको आलोचना गर्दै उनीहरूले ‘दोहोरो चरित्र’ देखाएको आरोप लगाएका थिए । ट्रम्पकाअनुसार इरानले एकातर्फ वार्ताका लागि अनुनय गर्ने र अर्कोतर्फ सार्वजनिक रूपमा अमेरिकासँग कुनै संवाद नभएको भन्दै भ्रम फैलाउने गरेको छ ।

यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भइरहेको कुरालाई अस्वीकार गरेका छन् । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा बाघेईले इरान हाल हर्मुज जलसन्धिका विषयमा ओमानसँग मात्र वार्तामा रहेको स्पष्ट पारेका छन् । इरान र अमेरिकाबीचको सम्बन्धमा तनाव बढिरहेका बेला राष्ट्रपति ट्रम्पको यो पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?