Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति


43 dead, billions in property damage due to monsoon and cyclones in the Philippines.

काठमाडौँ। फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको क्षति पुगेको छ । कार्यालयकाअनुसार विपद्मा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् । बेपत्ता रहेका अन्य ५ जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।

यस प्राकृतिक विपद्बाट फिलिपिन्सका ६ हजार ९०० गाउँका करिव २९ लाख परिवारका १ करोड २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । भौतिक क्षतितर्फ कुल ४ हजार ५०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । जसमध्ये ३ हजार ९०० घरमा आंशिक क्षति पुगेको छ भने ५८५ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् ।


प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?