ललितपुर। गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने मकवानपुर घर भएकी २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विवादको क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त
काठमाडौँ। गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका-१३ घर भएका ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई पीडितहरूलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी लगायका कागजातहरु माग
काठमाडौँ। सांसदहरुले नेपाल प्रहरीलाई हतियार र रासनमा कुन बढी प्राथमिकता हो ? भन्दै प्रश्न गरेका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्ने सांसदहरूले यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले प्रहरीलाई पर्याप्त मात्रामा रासन र
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले प्रहरीका हतियारहरू पुराना भएका र काम नलाग्ने अवस्था भएका कारण सरकारले हतियार किन्ने तयारी गरेको बताएका छन् । केही महिनाअघि तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रहरीले हानेको टियरग्याँस डेट एक्सपायर भएको भन्ने चर्चाबारे प्रशंग निकाल्दै मन्त्री लेखकले नयाँ नकिनेसम्म पुरानै हान्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले
काठमाडौँ। कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउने भएको छ । ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिएका छन् । शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२३ बस्ने नवलपरासी पूर्व सुनवल नगरपालिका-१ घर भएकी २९ वर्षीया बिन्दु पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बिन्दुले युके पठाइदिन्छु भन्दै १९ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको
काठमाडौँ। प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताए । त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका
काठमाडौं। अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिक गरी १७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशका नागरिकहरूलाई ह्वाट्सएप/टेलिग्राम मार्फत सम्पर्कमा ल्याई विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी हारजित हुने तवरले व्यवसायिक रूपमा अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको
काठमाडौं। २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक प्रमुख कार्यकारी अधिकृत बाँके नेपालगंज उपमहानगरपालिका-२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक
काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा