Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कारागारभित्र हुने हिंसात्मक घटना यो नै अन्तिम होस्ः एमाले प्रमुख सचेतक बर्तौला


काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई कारागारभित्र हुने हिंसात्मक घटना कैलालीकै अन्तिम हुनेगरी काम गर्न आग्रह गरेका छन् ।

बुधवार बसेको कानून न्याय तथा मानव अधिकार समितको बैठकमा उनले गृहमन्त्रीको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना ‘अब यो अन्तिम हो’ भन्ने ठाउँमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान गृहमन्त्री स्टन्ट गरेर हिँड्ने खालको नभई काम नेतृत्व भएको पनि बताउदै वर्तमान गृहमन्त्रीलाई काम गरेर देखाउने अवसर पनि रहेको उनको भनाई छ । उनले कारागारभित्र हुने हिंसात्मक घटना नियन्त्रणको लागी आवश्यक स्रात साधनको पहलकदमीको लागी सबैले पहल गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

उनले भने, ‘भोलिका दिनमा कारागार प्रशासनमा यस्ता दुर्घटना, हिंसात्मक क्रियाकलाप नहुन भन्नको लागी विशेषगरि गृह प्रशासनको मुल नेतृत्व गर्ने गृहमन्त्रीज्यु, यहाँ एउटा चाँही सुझबुझ पुर्ण नेतृत्व हो । देशले परसम्म देखेको नेतृत्व हो । यहाँ यो नेतृत्वमा रहँदै गर्दा कम्तिमा पनि कारागार प्रशासनमा किनभने हजुर स्टन्ट गरेर हिड्नुहुन्न भन्ने दुनियाँलाई थाहा छ । तपाई काम गर्नुहुन्छ । काम गर्ने नेतृत्व यो ठाउँमा भएको बेला विगतका गृहमन्त्रीहरुले के गर्नुभयो, छोड्दिम । तर आजको गृहमन्त्रीले कही गर्दैछ भन्ने देखाउने अवसर पनि हो । आवश्यक स्रोत साधनको पहलकदमीको लागी सिंगो हाउसको तर्फबाट हामीले आवश्यक सार्वजानिक विषय बनाएर विषय पहलकदमी गर्ने कुरा पनि गर्नुपर्छ । समितिले गर्नुपर्ने कुराहरु पनि हामी गर्छौ यहाँको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना अव यो अन्तिम हो भन्ने ठाउँमा पुर्याउनुपर्छ ।’

कारगारभित्र चौकीदार वा नाईके, भाईनाईके बन्नको अस्वस्थ गुट, समुहहरु जन्मिन थालेको पनि उनले बताए। नेतृत्वको पुग्नको लागि विभिन्न प्रकृतिका समूहहरु सिर्जना हुने र ती समूहहरु हिंसात्मकसम्म हुने गरेको उनको भनाई छ । यस्ता कुरालाई सरकारले कानूनी रुपमा व्यवस्थित गर्न ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् । बैठकमा उनले कैदीबन्दीलाई उत्पादनमुलक काममा जोड्ने कुरामा पनि विशेष ध्यान दिन आग्रह गरेका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?