Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कारागारभित्र हुने हिंसात्मक घटना यो नै अन्तिम होस्ः एमाले प्रमुख सचेतक बर्तौला


काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई कारागारभित्र हुने हिंसात्मक घटना कैलालीकै अन्तिम हुनेगरी काम गर्न आग्रह गरेका छन् ।

बुधवार बसेको कानून न्याय तथा मानव अधिकार समितको बैठकमा उनले गृहमन्त्रीको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना ‘अब यो अन्तिम हो’ भन्ने ठाउँमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान गृहमन्त्री स्टन्ट गरेर हिँड्ने खालको नभई काम नेतृत्व भएको पनि बताउदै वर्तमान गृहमन्त्रीलाई काम गरेर देखाउने अवसर पनि रहेको उनको भनाई छ । उनले कारागारभित्र हुने हिंसात्मक घटना नियन्त्रणको लागी आवश्यक स्रात साधनको पहलकदमीको लागी सबैले पहल गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

उनले भने, ‘भोलिका दिनमा कारागार प्रशासनमा यस्ता दुर्घटना, हिंसात्मक क्रियाकलाप नहुन भन्नको लागी विशेषगरि गृह प्रशासनको मुल नेतृत्व गर्ने गृहमन्त्रीज्यु, यहाँ एउटा चाँही सुझबुझ पुर्ण नेतृत्व हो । देशले परसम्म देखेको नेतृत्व हो । यहाँ यो नेतृत्वमा रहँदै गर्दा कम्तिमा पनि कारागार प्रशासनमा किनभने हजुर स्टन्ट गरेर हिड्नुहुन्न भन्ने दुनियाँलाई थाहा छ । तपाई काम गर्नुहुन्छ । काम गर्ने नेतृत्व यो ठाउँमा भएको बेला विगतका गृहमन्त्रीहरुले के गर्नुभयो, छोड्दिम । तर आजको गृहमन्त्रीले कही गर्दैछ भन्ने देखाउने अवसर पनि हो । आवश्यक स्रोत साधनको पहलकदमीको लागी सिंगो हाउसको तर्फबाट हामीले आवश्यक सार्वजानिक विषय बनाएर विषय पहलकदमी गर्ने कुरा पनि गर्नुपर्छ । समितिले गर्नुपर्ने कुराहरु पनि हामी गर्छौ यहाँको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना अव यो अन्तिम हो भन्ने ठाउँमा पुर्याउनुपर्छ ।’

कारगारभित्र चौकीदार वा नाईके, भाईनाईके बन्नको अस्वस्थ गुट, समुहहरु जन्मिन थालेको पनि उनले बताए। नेतृत्वको पुग्नको लागि विभिन्न प्रकृतिका समूहहरु सिर्जना हुने र ती समूहहरु हिंसात्मकसम्म हुने गरेको उनको भनाई छ । यस्ता कुरालाई सरकारले कानूनी रुपमा व्यवस्थित गर्न ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् । बैठकमा उनले कैदीबन्दीलाई उत्पादनमुलक काममा जोड्ने कुरामा पनि विशेष ध्यान दिन आग्रह गरेका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?