Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आइतबार बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब १:४७ बजे जिक्सर मोटरसाइकल (प्रदेश ३-०२-००२ प ५७२) र स्कुटर (बागमती प्रदेश ०२-०४१ प ६८१९) एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेमध्ये गोरखा घर भएका २४ वर्षीय एरिक परियारसहित दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तर सिराहा जन्दहका २९ वर्षीय भोला थापा र करिब ३५ वर्षीय एक पुरुषलाई उपचारकै क्रममा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

दुबै सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?