Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मानव मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गिरोह पक्राउ


काठमाडौँ। मानव अंग मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्युरोले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । भारतको नयाँ दिल्लीमा बसेर सो गैरकानूनी कार्यमा नायिकेको भुमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रुपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराध अन्तर्गत कारबाही अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिएका छन्। सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रुपमा मिर्गौला झिकी विक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले भने,‘गत साउनको २० गते ३ जना प्रतिवादीहरुलाई पक्राउ गरेर यो मुद्दा शुरुवात गरेका थियौ । र त्यही सिलसिलामा ५ जना मिर्गौला पीडितहरुले हामी कहाँ जाहेरी दिईसक्नुभएको छ । र यो समूह कहाँबाट परिचालित छ भनेर बुझ्दाखेरी भारतको दिल्लीमा नेपालीको अंग झिक्ने र त्यहीबाट अंगको कारोबार गर्ने भन्ने हामीले अनुसन्धानको क्रममा सूचना पायौं । त्यसपछि हामी अपरेशन शिल्ड भनेर एउटा गैर कानूनी अंग प्रत्यारोपण अथवा गैर कानूनी अंग झिक्नेहरुको जीवन रक्षा भनेर त्यसको अपरेशन अघि बढायौं । यसमा हालसम्म हामीले ४ वटा मुद्दा दर्ता गरिसकेका छौं । र त्यसमा संगठित रुपमा कानून विपरित मानव अंग झिकी मानव बेचबिखन, ओसार पसार गरेको कसुरमा हामीले म्याद थप गरेर अनुसन्धान अगाडि बढिरहेको अवस्था छ । र हामीले संगठित अपराध ऐनलाई आकर्षित गराएर त्यसैमा म्याद थप गराएको अवस्था छ । यसमा हामीले काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक जिल्लाहरुबाट विभिन्न व्यक्तिहरुलाई इण्डिया लगेर त्यहाँ मानव अंग झिक्ने कार्यमा ३ जना पहिले नै पक्राउ परिसकेका थिए भने अहिले पछिल्लो समय २ जना श्यामकृष्ण भण्डारी र सुजन भारती भन्ने इण्डियाबाट काम गरिरहेको र उनीहरुले यो काममा सबैलाई परिचालन गरिरहेको भन्ने पाइयो । भण्डारी सुनकोशी गाउँपालिका वडा नम्बर ७ सिन्धुपाल्चोक घर भएर लामो समयदेखि इण्डियाको दिल्लीमा बसेर काम गर्ने गरेका वर्ष ३८ का हुन् । र अर्को इन्द्रावती गाउँ पालिका २ सिन्धुपाल्चोक घर भएर भारत दिल्लीमा भण्डारीको सहयोगीको रुपमा काम गर्ने गरेका वर्ष २९ का सुजन भारती भन्ने दुई जना प्रतिवादीमध्ये हामीले श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगर एरियाबाट र सुजन भारतीलाई बीरगंज एरियाबाट पक्राउ गर्न सफल भएका छौं । हिजो र अस्तीका दिनमा । उनीहरुलाई पनि हामीले यही मुद्दामा संगठित अपराधमा नै म्याद थप गरेको अवस्था छ । यस क्रममा नेपालको विभिन्न जिल्लाहरु जस्तो काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायतका जिल्लाहरुमा रहेका सोझा मानिसहरुलाई गरिवीको फाईदा उठाएर पैसाको प्रलोभन देखाएर मृर्गौला विक्री गर्न प्रोत्साहित गरेको पाईन्छ । अनुसन्धानको क्रममा सो गिरोहका ७ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

सो गिरोहलाई संगठित अपरोध ऐन अन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ । सो ऐन अन्तर्गत मानव बेचविखन र गैरकानूनी रुपमा अंग बेचविखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताएका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?