Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सशस्त्र प्रहरीमा विभिन्न पदका लागि आवेदन खुला


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा भर्ना खुलाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, मानव स्रोत विभाग, नियुक्ति तथा पदस्थापन निर्देशनालयले शुक्रबार प्रकाशित सूचनाअनुसार करार सेवामा विभिन्न प्राविधिक पदपूर्तिका लागि आवेदन माग गरिएको हो।

सूचना अनुसार सशस्त्र प्रहरीमा चिकित्सक, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर, अनेस्थेसिया असिस्टेन्ट, फार्मेसी असिस्टेन्ट, डेन्टल हाइजिनिष्ट, फिजियोथेरापिष्ट, सार्वजनिक स्वास्थ्य निरीक्षकलगायत पदमा करार सेवाका लागि दरखास्त दिन सकिनेछ।

इच्छुक उम्मेदवारले २०७९/६/६ गतेदेखि २०७९/६/२० गतेसम्म तोकिएको स्थानमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

अधिक जानकारीका लागि सशस्त्र प्रहरी बलको वेबसाइट तथा प्रकाशित विज्ञापन हेर्न सकिने जनाइएको छ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?