Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सशस्त्र प्रहरीमा विभिन्न पदका लागि आवेदन खुला


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा भर्ना खुलाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, मानव स्रोत विभाग, नियुक्ति तथा पदस्थापन निर्देशनालयले शुक्रबार प्रकाशित सूचनाअनुसार करार सेवामा विभिन्न प्राविधिक पदपूर्तिका लागि आवेदन माग गरिएको हो।

सूचना अनुसार सशस्त्र प्रहरीमा चिकित्सक, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर, अनेस्थेसिया असिस्टेन्ट, फार्मेसी असिस्टेन्ट, डेन्टल हाइजिनिष्ट, फिजियोथेरापिष्ट, सार्वजनिक स्वास्थ्य निरीक्षकलगायत पदमा करार सेवाका लागि दरखास्त दिन सकिनेछ।

इच्छुक उम्मेदवारले २०७९/६/६ गतेदेखि २०७९/६/२० गतेसम्म तोकिएको स्थानमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

अधिक जानकारीका लागि सशस्त्र प्रहरी बलको वेबसाइट तथा प्रकाशित विज्ञापन हेर्न सकिने जनाइएको छ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?