Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

सुरक्षा


जुवातास खेलिरहेको क्रममा पाँच जना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा घर भएका ३९ वर्षीय रेशम थापा समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

राजविराज । सप्तरीको चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै

बैंकिङ कसूर मुद्दाका कारोबारमा फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने सर्लाही कोडैना गाउँपालिका-२ घर भएका २९ वर्षीय अविनाश ठाकुरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा २०८१ पुस १ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं

रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गरे । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका छन् । निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा

ब्राजिलबाट आएकी महिला २ केजी कोकिनसहित पक्राउ

काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा पक्राउ परेकी छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन् ।उनी नेपालबाट भुटान जान लागेको अवस्थामा पक्राउ

२ भारतीय ब्राउनसुगर कारोबार गर्दा विराटनगरबाट पक्राउ

विराटनगर । १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण विराटनगरको टोलीले बिहीबार जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत-१० का ३५ वर्षीय सरफराज छन् ।

सिमकार्ड ९० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने

काठमाडौँ । नेपाल टेलिकमले सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको छ र सो टेलिकमले विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने  भएको छ । अब बिहीबार जारी गरेको सो तोकिएको मूल्य भन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रहरी

पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गरेर भागेका दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका

पठाओ अफलाइन चलाउने ७ जना पक्राउ

काठमाडौँ । पठाओ अफलाइनमा चलाएको आरोपमा प्रहरीले ७ जना राइडरलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा दोलखाको घर भएका टेक बहादुर अधिकारी, गोरखा घर भएका जीवन कुमाल, नुवाकोट घर भएका नारायण पुडासैनी, तार्केश्वर घर भएका रामभक्त अर्याल, धादिङका रोशन चेपाङ, नुवाकोट तादीका केदार तिमल्सिना र धादिङका कुलबहादुर गुरुङ हुन् ।

अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न दुई जना पक्राउ

पर्सा। अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित नेक मोटरसाईकल वर्कशपका संचालक बहुदरमाई नगरपालिका-२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका

सम्वन्धित समाचारहरु