१७ ,भाद्र ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका
१५ भदौ, रसुवा । जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ । गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट
१५ भदाै, सिमकोट । जनै पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा जिल्लाका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइएको छ । यहाँका बासिन्दा दसैँ र तिहारभन्दा विशेष महत्वका साथ साउन पूर्णिमा पर्वलाई मनाउने गर्दछन् । जिल्लाका हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्य कहलिएको यो पर्वमा युवा युवतीका
१५ भदौ, काठमाडौँ । गाईजात्राको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ । राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराउन सुरु गरिएको छ । विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व
१४ ,भाद्र ,काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी
१४ भदाै, काठमाडाैँ । उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ । ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकामा अवस्थित यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । केही वर्षअघिसम्म जनैपूर्णिमामा मात्रै पूजाआजा गर्ने
१४ भदौ, काठमाडाैँ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व
१४ भदाै, काभ्रेपलाञ्चोक । एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन् । विशेष गरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिनअर्थात् आज मनाइँदैछ । काभ्रेपलाञ्चोकमा यस पर्व मनाउने क्रममा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी
१४ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा भोली (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो । बुधवार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदा सम्बन्धी सूचना जारी गरेका थिए ।
१४ भदाै, बेनी । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन