Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ


ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छिन् ।

सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको तर रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताएकी छिन् । नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानून हुने बताउदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताएकी छिन् । आफूहरु कानूनका ज्ञाता भएकाले कानूनअनुसार अघि बढ्ने बताउदै उनले आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गरेकी छिन् ।

उनले भनिन्, ‘सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन । उन्नति त देशको हुनुप¥यो नि, विकास त हुनुप¥यो । त्यसैकारण एकै रातारात सबैकुरा पनि हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि,कानून भनेको । हामी त कानूनका ज्ञाता मान्छेहरु हौँ । त्यसका पनि घडी छन् । आज हामी आइसकेपछि ४० वटा जति मुद्दा अख्तियारले दर्ता गरेको छ । सिआइबीले काम गरेको ग¥यै छ । त्यो काम त कहिल्यै भएको पनि थिएन । यो कुरा पनि मनन गर्नुहोला ।’

प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?