Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत


नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ । सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताउनु भयो । सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो,‘निर्वाचन भयरहित हुनुप¥यो । निष्पक्ष हुनुप¥यो, धाँधलीरहित हुनुप¥यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ । र नो भोटको प्रावधान राखौ भन्ने पनि आएको छ । अब फागुन २१ मा चुनाव भएन र स¥योभने संसद पुनःस्थापना हुन्छ कि के हुन्छ ? ६ महिना भन्दा बढि ग्याप त हामीले देखेका छैनौँ । अहिले लोकतान्त्रिक पद्धति मिचेर भटाभट अध्यादेश ल्याइरहनुभएको छ ।’ सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति समेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

काठमाडौँ। नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।

सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन् । उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताए । सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाएका छन् ।

उनले भने,‘निर्वाचन भयरहित हुनुप¥यो । निष्पक्ष हुनुप¥यो, धाँधलीरहित हुनुप¥यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ । र नो भोटको प्रावधान राखौ भन्ने पनि आएको छ । अब फागुन २१ मा चुनाव भएन र स¥योभने संसद पुनःस्थापना हुन्छ कि के हुन्छ ? ६ महिना भन्दा बढि ग्याप त हामीले देखेका छैनौँ । अहिले लोकतान्त्रिक पद्धति मिचेर भटाभट अध्यादेश ल्याइरहनुभएको छ ।’

सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति समेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाएका छन् ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?