Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गोसाइँकुण्डमा स्नान गरेर फर्किए ५० प्रतिशत यात्रु, एक जना बेपत्ता


१५ भदौ, रसुवा । जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ ।

गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।

डाँडापाखामा अह्रोरात्र कुहिरो लागे पनि मेला अवधिभर पानी नपरेपछि उकालीओराली गर्न अन्यन्तै सहज भएको तीर्थ यात्रामा गएका यात्रुले बताएका छन् ।

यात्रुलाई लेक लाग्ने समस्याको समाधानका लागि नेपाली सेनाले चन्दनबारीदेखि धार्मिक मार्गका ठाउँठाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै चोलाङपार्टीमा सेनाले मेडिकल क्याम्पसमेत राखेको छ ।

रसुवा अस्पताल र गोसाइँकुण्ड गाउँपालिकाले लौरिविनायक क्षेत्रमा शिविर सञ्चालन गर्नुका साथै गोसाइँकुण्डको तलाउ डिलबाट हिमालय उद्धार सङ्घले यात्रुलाई उपचार सेवा दिएको धादिङका तीर्थयात्रु हरि पाठकले बताए ।

गोसाइँकुण्ड मेलामा तीर्थ गर्न पुगेका एक जना यात्रुको यही १० गते लेक लागेर निधन भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । उनले गोसाइँकुण्डबाट फर्किने क्रममा डिम्सा आसपास क्षेत्रबाट एक जना यात्रु हराइरहेकाले उनको खोजी तीव्र पारिएको बताए ।

यात्राका क्रममा अन्य जोखिमखाले घटना नभएको प्रहरी प्रमुख बुढाथोकीले बताए । सुरक्षा निकायले एक जना यात्रुको उद्धार गरेको जनाउँदै उनले बिरामी यात्रुको थप उपचारार्थ काठमाडौँ पठाइएको जानकारी दिए ।

गोसाइँकुण्ड मेलामा भएका गतिविधिको विस्तृत विवरण शनिबारसाँझसम्म सङ्कलन भइसक्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए । उनले मेलामा सहयोग गर्नुहुने सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई धन्यवाद दिए ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?