Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

गोसाइँकुण्डमा स्नान गरेर फर्किए ५० प्रतिशत यात्रु, एक जना बेपत्ता


१५ भदौ, रसुवा । जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ ।

गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।

डाँडापाखामा अह्रोरात्र कुहिरो लागे पनि मेला अवधिभर पानी नपरेपछि उकालीओराली गर्न अन्यन्तै सहज भएको तीर्थ यात्रामा गएका यात्रुले बताएका छन् ।

यात्रुलाई लेक लाग्ने समस्याको समाधानका लागि नेपाली सेनाले चन्दनबारीदेखि धार्मिक मार्गका ठाउँठाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै चोलाङपार्टीमा सेनाले मेडिकल क्याम्पसमेत राखेको छ ।

रसुवा अस्पताल र गोसाइँकुण्ड गाउँपालिकाले लौरिविनायक क्षेत्रमा शिविर सञ्चालन गर्नुका साथै गोसाइँकुण्डको तलाउ डिलबाट हिमालय उद्धार सङ्घले यात्रुलाई उपचार सेवा दिएको धादिङका तीर्थयात्रु हरि पाठकले बताए ।

गोसाइँकुण्ड मेलामा तीर्थ गर्न पुगेका एक जना यात्रुको यही १० गते लेक लागेर निधन भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । उनले गोसाइँकुण्डबाट फर्किने क्रममा डिम्सा आसपास क्षेत्रबाट एक जना यात्रु हराइरहेकाले उनको खोजी तीव्र पारिएको बताए ।

यात्राका क्रममा अन्य जोखिमखाले घटना नभएको प्रहरी प्रमुख बुढाथोकीले बताए । सुरक्षा निकायले एक जना यात्रुको उद्धार गरेको जनाउँदै उनले बिरामी यात्रुको थप उपचारार्थ काठमाडौँ पठाइएको जानकारी दिए ।

गोसाइँकुण्ड मेलामा भएका गतिविधिको विस्तृत विवरण शनिबारसाँझसम्म सङ्कलन भइसक्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए । उनले मेलामा सहयोग गर्नुहुने सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई धन्यवाद दिए ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?