Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल


काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमवार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको गृहमन्त्री अर्यालको भनाइ छ । उनकाअनुसार पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हुनुपर्छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिला नै व्यवस्थित गरिएको श्रोत साधन अनिवार्य रहेको उल्लेख गरेका छन् । गृहमन्त्री अर्यालले भने, ‘नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन तीन कुराहरु महत्वपूर्ण छन् । जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हो । पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना हो भने तेस्रो पहिला नै व्यवस्थित गरिएको श्रोत साधन हो । जसले संकटको बेला ढिलाइ नगरी काम गर्न मद्दत गर्दछ । विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध छ ।’ गृहमन्त्री अर्यालले नेपाल बहुप्रकोपिय विपद् जोखिमको हिसावले संवेदनशिल मुलुक भएको बताउनु हुँदै बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर, अत्याधिक गर्मी, शितलहर, महामारी जस्ता जल तथा मौसमजन्य प्रकोपहरुले नेपालमा हुने कुल विपद्को ठूलो हिस्सा ओगटेको बताएका छन् । जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरु अझ अनिश्चित, तिब्र र बारम्बार देखिन थालेको बताएका छन् । उनले विपद्जन्य घटनाको कारण मुलुकले वर्षेनी जनधनको ठूलो क्षति व्यहोरिरहेको पनि बताएका छन् ।

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

सोमवार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको गृहमन्त्री अर्यालको भनाइ छ । उनकाअनुसार पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हुनुपर्छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिला नै व्यवस्थित गरिएको श्रोत साधन अनिवार्य रहेको उल्लेख गरेका छन् ।

गृहमन्त्री अर्यालले भने, ‘नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन तीन कुराहरु महत्वपूर्ण छन् । जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हो । पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना हो भने तेस्रो पहिला नै व्यवस्थित गरिएको श्रोत साधन हो । जसले संकटको बेला ढिलाइ नगरी काम गर्न मद्दत गर्दछ । विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध छ ।’

गृहमन्त्री अर्यालले नेपाल बहुप्रकोपिय विपद् जोखिमको हिसावले संवेदनशिल मुलुक भएको बताउनु हुँदै बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर, अत्याधिक गर्मी, शितलहर, महामारी जस्ता जल तथा मौसमजन्य प्रकोपहरुले नेपालमा हुने कुल विपद्को ठूलो हिस्सा ओगटेको बताएका छन् । जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरु अझ अनिश्चित, तिब्र र बारम्बार देखिन थालेको बताएका छन् । उनले विपद्जन्य घटनाको कारण मुलुकले वर्षेनी जनधनको ठूलो क्षति व्यहोरिरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?