Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस


काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्तीदेवी पोखरेलको नाम सिफारिस गरेको छ ।

पार्टीको सम्पन्न गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रिय सदस्यमा निर्वाचित पोखरेलको नाम प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस भएको हो । पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको व्यापक समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ । सामाजिक सेवा, महिला सशक्तिकरण तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएकी पोखरेल काठमाडौं क्षेत्र नं. २ मा अत्यन्तै लोकप्रिय नेतृका रूपमा परिचित रहँदै आएकी छिन् ।

स्थानीय तहमा उनको निरन्तर उपस्थिति, जनसमस्यामा प्रत्यक्ष संलग्नता र जनतासँगको नजिकको सम्बन्धले उनलाई प्रभावशाली राजनीतिक व्यक्तित्वको रूपमा स्थापित गरेको बताइएको छ । पार्टीले उम्मेदवारीबारे अन्तिम निर्णय केन्द्रिय समितिको निर्णयपछि सार्वजनिक गर्ने जनाएको छ ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?