Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की


अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गर्नुभएको छ । सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताउनु भयो । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको बताउनु भयो । मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने बताउनु भयो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको उहाँको भनाइ छ । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनैपनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दलहरु भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरु मारिए । त्यसले जनतामा प्रभाव परेको छ । जेन–जीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुप¥यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुनसक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ । मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटी भए, जे गल्ती भए, जेको परिणाबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेन–जीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे सहनुपरिरहेका छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरु खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति ।’ प्रधानमन्त्री कार्कीले आफूहरु जेन–जीका रगतमा ऐस आराम गर्न नआएको बताउनु भयो । विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको बताउनु भयो । सबैलाई निर्वाचनमा आइदिन आह्वान गर्नुभयो । सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गर्नुभयो ।

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छिन् ।

सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताएकी छिन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको बताइन् । मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको बताउदै उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने र राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको जिकिर गरेकी छिन् । उनले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताएकी छिन्।

उनले भनिन्, ‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनैपनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दलहरु भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरु मारिए । त्यसले जनतामा प्रभाव परेको छ । जेन–जीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुप¥यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुनसक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ । मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटी भए, जे गल्ती भए, जेको परिणाबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेन–जीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे सहनुपरिरहेका छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरु खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति ।’

प्रधानमन्त्री कार्कीले आफूहरु जेन–जीका रगतमा ऐस आराम गर्न नआएको बताएकी छिन् । विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको बताइन् । सबैलाई निर्वाचनमा आइदिन आह्वान गर्दै उनले सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गरेकी छिन् ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?