Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की


अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गर्नुभएको छ । सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताउनु भयो । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको बताउनु भयो । मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने बताउनु भयो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको उहाँको भनाइ छ । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनैपनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दलहरु भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरु मारिए । त्यसले जनतामा प्रभाव परेको छ । जेन–जीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुप¥यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुनसक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ । मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटी भए, जे गल्ती भए, जेको परिणाबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेन–जीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे सहनुपरिरहेका छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरु खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति ।’ प्रधानमन्त्री कार्कीले आफूहरु जेन–जीका रगतमा ऐस आराम गर्न नआएको बताउनु भयो । विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको बताउनु भयो । सबैलाई निर्वाचनमा आइदिन आह्वान गर्नुभयो । सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गर्नुभयो ।

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छिन् ।

सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताएकी छिन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको बताइन् । मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको बताउदै उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने र राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको जिकिर गरेकी छिन् । उनले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताएकी छिन्।

उनले भनिन्, ‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनैपनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दलहरु भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरु मारिए । त्यसले जनतामा प्रभाव परेको छ । जेन–जीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुप¥यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुनसक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ । मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटी भए, जे गल्ती भए, जेको परिणाबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेन–जीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे सहनुपरिरहेका छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरु खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति ।’

प्रधानमन्त्री कार्कीले आफूहरु जेन–जीका रगतमा ऐस आराम गर्न नआएको बताएकी छिन् । विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको बताइन् । सबैलाई निर्वाचनमा आइदिन आह्वान गर्दै उनले सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गरेकी छिन् ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?