Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ । सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताउनुभएको हो । उहाँले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउनसक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरुबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताउनु भयो । नेता गुरुङले भन्नुभयो,‘मुलुकलाई नविन समझदारीमार्फत निकास दिनेतर्फ हामीहरु अगाडि बढौं । यो शंका, उपशंका सबैलाई समाप्त पारेर अघि केही साथीहरुले भनिसक्नु भयो । निषेधको राजनीतिलाई त्यागौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तुत गरेको जुन मार्गचित्र छ । राजा, राजनीतिक दल र जेनजी पुस्ताका बीचमा एउटा नविन समझदारी गरेर अनि चुनावलाई सुनिश्चित गरौँ । यसो गरेर देशलाई निकास दिनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रह, अनुरोध हो ।’ नेता गुरुङले जेन–जी पुस्ताको मागलाई पूरा गराउन पनि राजा, राजनीतिक दल र उनीहरुबीच नयाँ समझदारी आवश्यक रहेको जिकिर समेत गर्नुभयो ।

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ ।

सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताएका छन् । उनले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउनसक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरुबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताएका छन् ।

नेता गुरुङले भने,‘मुलुकलाई नविन समझदारीमार्फत निकास दिनेतर्फ हामीहरु अगाडि बढौं । यो शंका, उपशंका सबैलाई समाप्त पारेर अघि केही साथीहरुले भनिसक्नु भयो । निषेधको राजनीतिलाई त्यागौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तुत गरेको जुन मार्गचित्र छ । राजा, राजनीतिक दल र जेनजी पुस्ताका बीचमा एउटा नविन समझदारी गरेर अनि चुनावलाई सुनिश्चित गरौँ । यसो गरेर देशलाई निकास दिनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रह, अनुरोध हो ।’

नेता गुरुङले जेन–जी पुस्ताको मागलाई पूरा गराउन पनि राजा, राजनीतिक दल र उनीहरुबीच नयाँ समझदारी आवश्यक रहेको जिकिर समेत गरेका छन् ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?