Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लाखेनाच संरक्षण गर्न प्रतियोगिता


१७ ,भाद्र ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ ।

कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका थिए ।

खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् । मुखुण्डो लगाएर लाखेहरू नाचगान गरिरहेका थिए भने हेर्नेको त्यस्तै भीड थियो । कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच सञ्चालन गरेका हुन् ।

नवलपुरभरिका नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागतरूपमा मनाइने लाखेनाच पर्व जोगाउन लाखेनाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेको उनले बताए ।

“बाजाको तालमा प्रस्तुत लाखेनाचमा दर्शक रमाउनुभयो”, उनले भने, “विभिन्न नेवाः समुदायको लाखे प्रस्तुति जिल्लामा नै पहिलोपटक एकैठाउँमा अवलोकन गर्ने अवसर सबैलाई मिलेको छ ।”

लाखे नाचले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । लाखेअन्तर्गत कृष्ण प्रस्तुति, चटकीदेखि लाठीनाचसम्मको प्रस्तुति भएको अध्यक्ष श्रेष्ठले बताए ।

ती प्रस्तुतिमा नेवारी उत्कृष्ट संस्कृतिको खोजी भएको थियो । “लाखेनाच संरक्षण र संवर्द्धनको उद्देश्यले खाना परिकार मेलासँगै लाखे प्रतियोगिता गरिएको हो”, उनले भने ।

पछिल्लो समय आदिवासी जनाजातिभित्र रहेका नेवारी समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै गइरहेको संविधानसभा सदस्य जीवन श्रेष्ठले बताए । “परमपरागतरूपमा रहेका मौलिक लाखेनाचजस्ता संस्कार, संस्कृति लोप हुँदै जाँदा नेवार समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने खतरा रहन्छ”, उनले भने ।

लोप हुने अवस्था रहेको संस्कार, संस्कृतिको जगेर्ना गर्ने गरी जिल्लामै लाखेनाच प्रतियोगिता गर्नु सराहनीय कार्य भएको दर्शकले बताएका छन् । नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने लाखेनाच देशका विभिन्न भू–भागमा लोकप्रिय छ ।

नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म लाखेनाच दिनहुँ देखाइन्छ । सामाजिक परम्परासँग जोडिएको लाखेनाच कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुखुण्डोधारी उसका सहयोगी सामूहिकरूपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?