Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

लाखेनाच संरक्षण गर्न प्रतियोगिता


१७ ,भाद्र ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ ।

कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका थिए ।

खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् । मुखुण्डो लगाएर लाखेहरू नाचगान गरिरहेका थिए भने हेर्नेको त्यस्तै भीड थियो । कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच सञ्चालन गरेका हुन् ।

नवलपुरभरिका नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागतरूपमा मनाइने लाखेनाच पर्व जोगाउन लाखेनाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेको उनले बताए ।

“बाजाको तालमा प्रस्तुत लाखेनाचमा दर्शक रमाउनुभयो”, उनले भने, “विभिन्न नेवाः समुदायको लाखे प्रस्तुति जिल्लामा नै पहिलोपटक एकैठाउँमा अवलोकन गर्ने अवसर सबैलाई मिलेको छ ।”

लाखे नाचले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । लाखेअन्तर्गत कृष्ण प्रस्तुति, चटकीदेखि लाठीनाचसम्मको प्रस्तुति भएको अध्यक्ष श्रेष्ठले बताए ।

ती प्रस्तुतिमा नेवारी उत्कृष्ट संस्कृतिको खोजी भएको थियो । “लाखेनाच संरक्षण र संवर्द्धनको उद्देश्यले खाना परिकार मेलासँगै लाखे प्रतियोगिता गरिएको हो”, उनले भने ।

पछिल्लो समय आदिवासी जनाजातिभित्र रहेका नेवारी समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै गइरहेको संविधानसभा सदस्य जीवन श्रेष्ठले बताए । “परमपरागतरूपमा रहेका मौलिक लाखेनाचजस्ता संस्कार, संस्कृति लोप हुँदै जाँदा नेवार समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने खतरा रहन्छ”, उनले भने ।

लोप हुने अवस्था रहेको संस्कार, संस्कृतिको जगेर्ना गर्ने गरी जिल्लामै लाखेनाच प्रतियोगिता गर्नु सराहनीय कार्य भएको दर्शकले बताएका छन् । नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने लाखेनाच देशका विभिन्न भू–भागमा लोकप्रिय छ ।

नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म लाखेनाच दिनहुँ देखाइन्छ । सामाजिक परम्परासँग जोडिएको लाखेनाच कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुखुण्डोधारी उसका सहयोगी सामूहिकरूपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?