२७ ,कात्तिक ,भरतपुर । भरतपुरको वागेश्वरीमा तीन दिने सामूहिक गौः पूजा थालिएको छ । योगी नरहरिनाथ गौः संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौः पूजा सुरु गरिएको हो । लक्ष्मी पूजा तथा गोवद्र्ध्न पूजाको अवसरमा विगत वर्षमा जस्तै यसवर्ष पनि वागेश्वरीमा गौः पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए । पहिलो
२७ ,कात्तिक ,काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने
२६ ,कात्तिक ,लेखनाथ । तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ । पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा पर्ने भाइटीका दिन सामूहिक भाइटीका कार्यक्रम राखिएको हो । पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको
२६ ,कात्तिक ,काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर
काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको समितिले जनाएको छ ।सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।राज्य सञ्चालकले भने साइतमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि
२१ ,कात्तिक ,अर्घाखाँची । विश्व हिन्दू महासङ्घ जिल्ला कार्य समितिले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गरेको छ । महासङ्घले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्र्रियामा विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताए । उनले हिन्दू राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व
काठमाडौं । सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । उक्त प्राधिकरणले आज जारी गरेको सूचनामा
१४ ,कात्तिक ,फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । आज आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् । मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा
१२ ,कात्तिक ,गुल्मी । गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् । बडादसैँका बेला खेलिने सराय नाच जिल्लाको निकै पुरानो संस्कृतिका रुपमा चिनिन्छ । पछिल्लो समय पुराना