Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वागेश्वरीमा सामूहिक गाई पूजा


२७ ,कात्तिक ,भरतपुर । भरतपुरको वागेश्वरीमा तीन दिने सामूहिक गौः पूजा थालिएको छ । योगी नरहरिनाथ गौः संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौः पूजा सुरु गरिएको हो ।

लक्ष्मी पूजा तथा गोवद्र्ध्न पूजाको अवसरमा विगत वर्षमा जस्तै यसवर्ष पनि वागेश्वरीमा गौः पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए ।

पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधीष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौः आरती गरेर गौः पूजाको सुरुआत गरे । सो अवसरमा उनले एक दिन मात्र गाईको संरक्षण गरेर नहुने र सधैँ पूजा गर्नुपर्नेमा जोड दिए ।

सामूहिक गौः पूजा यही कात्तिक २८ गतेसम्म हुनेछ । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौः पूजा गर्न थालिएको हो । गाईको वैदिकरुपबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए ।

यहाँ सामूहिक गौः पूजासँगै गोवद्र्धन पर्वत बनाएर पूजा गरिन्छ । पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको वागेश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले बताए ।

यहाँ गाईको रेखदेखका लागि नौ कर्मचारी खटिएका छन् । योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई लिएर आएका थिए ।

उक्त सङ्ख्या बढेर अहिले दुई सय पुगेको छ । गौः पूजाको अवसरमा योगी नरहरिनाथ गौः संरक्षण केन्द्रका संस्थापक संरक्षक कृष्णहरि देवकोटा, पूवअध्यक्ष टङ्कनाथ पौडेल, निवर्तमान संयोजक रामु बस्ती, गौः संरक्षण अक्षय कोष अभियानका अध्यक्ष उमाशङ्कर अग्रवाललगायतलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?