Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न विश्व हिन्दू महासङ्घको माग


२१ ,कात्तिक ,अर्घाखाँची । विश्व हिन्दू महासङ्घ जिल्ला कार्य समितिले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गरेको छ ।

महासङ्घले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्र्रियामा विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताए । उनले हिन्दू राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गरे ।

विश्व हिन्दू महासङ्घका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने बताए । संस्कृत भाषा विश्वको मुख्य र पुरानो भाषा हुँदा पनि यसको महत्त्व नेपालले बुझ्न नसकेको उनको टिप्पणी थियो ।

कार्यक्रममा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य लोकनाथ पाण्डे, प्रदेश सचिव कमलकान्त पौडेल हिन्दू धर्म रक्षा परिषद् नेपाल केन्द्रीय अध्यक्ष नारायण खनाललगायतले देशलाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?