Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सराय नाचको संरक्षणमा जुटे गुल्मेली युवा


१२ ,कात्तिक ,गुल्मी । गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।

बडादसैँका बेला खेलिने सराय नाच जिल्लाको निकै पुरानो संस्कृतिका रुपमा चिनिन्छ । पछिल्लो समय पुराना पाका उमेर समूहका व्यक्तिको देहवशान र युवाको विदेश पलायनसँगै सराय नाच सङ्कटमा पर्दै जान थालेको छ । गुल्मी जिल्लाको रेसुङ्गा, मुसिकोट, धुर्कोट, इस्मा, छत्रकोट, मालिका, मदाने, चन्द्रकोटलगायत पालिकाका युवा यसको संरक्षणमा जुटेका हुन् ।

विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लाका मुख्य मन्दिर, देवालय, तथा शक्तिपीठका कोतकोतमा सराय नाच्ने प्रचलन छ । मुसिकोटको जोगिथुम, छत्रदेवालय, अर्जै, घमिर, धुर्कोट, चोयँगा, अमरपुर, धागिथुमलगायत स्थान सराय नाचका लागि निकै प्रख्यात स्थलका रुपमा परिचित छन् । एकादशीदेखि पूर्णिमाका दिनसम्म यी स्थानमा हजारौँ मानिस मेला हेर्न र सराय नाच्नका लागि घुइँचो लाग्ने गर्दछ ।

स्थानीयमात्र हैन जिल्ला बाहिर रहेका व्यक्ति पनि यहाँको सराय नाच हेर्नका लागि आउने गर्दछन् । सबै मानिसको एकै ठाउँमा जमघट हुने र वर्षौंदेखिका पुराना आफन्त र साथीभाइसँग पनि भेटघाट हुने भएका कारण मानिसको बाक्लो उपस्थिति हुने गर्दछ ।

रुमाल र तरबार नचाएर एकआपसमा खुसी साटासाट गरेर सराय नाच नाचिन्छ । संस्कृतिको जर्गेनासँगै नयाँपुस्तालाई सराए नाचको महत्वबारे जानकारी गराउने उद्देश्यले गुल्मीका युवाले परम्परागत संस्कृतिको जगेर्नामा लागेको मुसिकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीले बताए ।

मन्दिरमा चढाइएका खोडा र दसैँका बेलामा राखिएका जमराको माला र धोती पासासहितको एउटै पहिरन लगाएर सराय नाच प्रदर्शन गर्ने प्रचलन छ । कतिपय लहैलहैमा हातमा रुमालको सहायताले पनि सराय नाचमा झुम्मी रहेका हुन्छन् । पछिल्लो समयमा नयाँपुस्ताले अनुशरण नगर्दा सराय लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय हरि घिमिरेले बताए ।

इस्मा गाउँपालिकाअन्तर्गत ताल्तुङमा पनि युवाले स्थानीयस्तरमै आपसमा सहयोग उठाएर सराय नाचको संरक्षण गर्दै आएको स्थानीय राजेन्द्रविक्रम कुँवरले बताए ।

उनले पछिल्लो समय सराय खेल्नेभन्दा हेर्नेको सङ्ख्या धेरै भएपछि यसपटकको दसैँका अवसरमा अभियान नै चलाएर सराय नाच संरक्षणमा युवा परिचालन भएको बताए । स्थानीय कुँवरले पुराना पुस्ता सकिँदै जाँदा पुराना कलासंस्कृति पनि हराउँदैै जाने सङ्कट पैदा भएको जनाउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

मन्दिरमा राखिएका तरबार निकालेर तिनै तरबारलाई घुमाउँदै एकआपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सराय नाच धेरैजसो गुल्मीलगायत अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठानलगनयतका जिल्लाका कोट र शक्तिपिठमा नाच्ने प्रचलन छ । यसरी सराय नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?