Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम


काठमाडौँ। लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपाल बागमति एरियाको वृहत वृक्षारोपण कार्यक्रम शनिवार लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टार सहित ४० क्लबहरुको उल्लेख्य उपस्थितिमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १३, कुवापाखोमा सम्पन्न गरेको छ ।

कार्यक्रम डिष्ट्रिक्ट चिफ (वृक्षारोपण) दुर्गा थापाको संयोजकत्वमा तथा पि एम जे एफ लायन धनिराम बरालको प्रमुख आतिथ्यमा, डिष्ट्रिक फष्ट लेडी लायन बिष्णु बराल तथा पि डि जी द्वय लायन महेन्द्र पैडेल र भिमलाल पौडेल, फष्ट भाईस डिष्ट्रिक गर्भनर लायन रत्न पराजुलि, डिष्ट्रिक्ट चिफ एडभाईजर एम जे एफ लायन बलराम सुबदी, चिफ अफ प्रोटोकल एम जे एफ लायन माधव पान्डे, प्रो ईन चिफ एम जे एफ लायन गिता शर्मा चापागाई, चिफ अफ ए ओ जि लायन यमुना भन्डारी लगायत डिष्ट्रिक्ट क्याबिनेटका सम्पुर्ण सिनियर लायन लिडर, ४० वटै क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई विशेष महत्व दिएर पोखरा, स्यांजा, काठमाडौं लगायत विभिन्न स्थानबाट वृहत् वृक्षारोपण कार्यक्रमलाई सफल बनाउनको लागि नेतृत्व गणहरुको बाक्लो उपस्थिति रहेको थियो। यस कार्यक्रमका प्रमुख अतिथि तथा डिष्ट्रिक्ट गभर्नर पि एम जे एफ लायन धनिराम बरालले विश्वले झेलिरहेको ग्लोवल वार्मिंग जस्तो जटिल परिवेशमा यस वृक्षाारोपण कार्यक्रमले वातावरणीय पर्यावरणलाई कायम राख्न थप सहयोग गर्ने बताएका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?