Trending
>>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले चालु आर्थिक वर्षमा १ सय २० वटा कानून निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् ।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव ढुंगानाले यस्तो बताएका हुन् । उनले संख्या महत्वाकाङ्क्षी भएपनि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र कार्यतालिका सहित सरकार अघि बढ्ने बताए । उनले मन्त्रालयगत रुपमा निर्माण गर्नुपर्ने कानून, त्यसको कार्ययोजना र कार्यतालिकासहित संसदमा पेश गरिसकेको बताए ।

उनले भने, ‘हामीले यो आर्थिक वर्षमा १२० वटा कानूनहरु निर्माण गर्छौं भनेर भनेका छौं । यो अलि महत्वाकांक्षी पनि छ । केही संशोधन ऐन पनि छ त्यसमा । १२० वटा ऐनहरु बनाउँछौं भनेर हामीले प्रतिवद्धता गरेर कार्ययोजना र कार्यतालिकासहित हामीले संसदमा पेश गरिसकेका छौं । र संसदले पनि त्यही अनुसार कार्ययोजना बनाएर अगाडि बढ्छ भन्ने लाग्छ । मानव अधिकारसम्बन्धी केही कानूनहरु यी कानूनहरुमा समेटिने पनि विश्वास छ ।

उनले मानव अधिकार कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माणमा समेत मन्त्रालयले तादरुकताका साथ काम गरिरहेको बताए ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?