Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले चालु आर्थिक वर्षमा १ सय २० वटा कानून निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् ।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव ढुंगानाले यस्तो बताएका हुन् । उनले संख्या महत्वाकाङ्क्षी भएपनि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र कार्यतालिका सहित सरकार अघि बढ्ने बताए । उनले मन्त्रालयगत रुपमा निर्माण गर्नुपर्ने कानून, त्यसको कार्ययोजना र कार्यतालिकासहित संसदमा पेश गरिसकेको बताए ।

उनले भने, ‘हामीले यो आर्थिक वर्षमा १२० वटा कानूनहरु निर्माण गर्छौं भनेर भनेका छौं । यो अलि महत्वाकांक्षी पनि छ । केही संशोधन ऐन पनि छ त्यसमा । १२० वटा ऐनहरु बनाउँछौं भनेर हामीले प्रतिवद्धता गरेर कार्ययोजना र कार्यतालिकासहित हामीले संसदमा पेश गरिसकेका छौं । र संसदले पनि त्यही अनुसार कार्ययोजना बनाएर अगाडि बढ्छ भन्ने लाग्छ । मानव अधिकारसम्बन्धी केही कानूनहरु यी कानूनहरुमा समेटिने पनि विश्वास छ ।

उनले मानव अधिकार कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माणमा समेत मन्त्रालयले तादरुकताका साथ काम गरिरहेको बताए ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?