Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार


काठमाडौँ। संकटा क्लव जारी एन्फा यु–१६ युथ लिगमा पाँचौं जितसँगै आईतवार शिर्ष स्थानमा उक्लिँदा मनाङ मस्र्याङ्दीले पहिलो हार सामना गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आईतवार भएको दोस्रो खेलमा संकटा शिर्ष स्थानको दाबेदार मनाङ मस्र्याङ्दीमाथि २–० को जित निकालेको हो । संकटाको जितमा नवराज तिरुवा र प्रजलकुमार लुम्रेले समान एक गोल गरे । यो जितँसगै छैटौं खेलमा १५ अंक जोड्दै संकटा शिर्ष स्थानमा उक्लियो । मनाङले भने जारी लिगमा पहिलो हार सामना गरेको छ । छैटौं खेलमा मनाङ तीन जित र दुई बराबरीसहित ११ अंक जोड्दै चौथो स्थानमा छ । दुवै गोल पहिलो हाफमा भएको हो । खेलको ३३ औं मिनेटमा मनाङ १० खेलाडीमा सिमित हुन पुग्यो ।

गोल हुनसक्ने अवस्थामा राहुल लुहारले संकटाका सुमित बलामपाकीलाई लडाए । खेलका रेफ्री गौतम सलाबले सहायक रेफ्रीको मद्दतमा राहुललाई सीधै रातो कार्ड दिएका हुन् । तर पहिलो हाफमा संकटाले यसको फाइदा लिन सकेन र गोलरहित बराबरी भयो । दोस्रो हाफमा भने संकटाले फाइदा लिँदै दुई गोल गर्या । ५५ औं मिनेटमा नवराजको गोलबाट संकटा अगाडि बढ्यो । मनाङका खेलाडीले डिबक्सभित्र राम्रोसँग क्लियर गर्न नसकेको बललाई सदुपयोग गर्र्दै नवराजले पहिलो बार च्याप्दै जाली चुमाएका हुन् । ६७ औं मिनेटमा प्रजलकुमारले अग्रता दोब्बर बनाए । काउन्ट प्रहारमा संकटाका कप्तान पेम्बा तामाङको पहिलो प्रहार मनाङका गोलकिपर विशेष गुरुङले डाइभ गर्दै छेके ।

तर सोही बल रिबाउन्ड हुँदा प्रजलकुमारले वान टचमार्पmत जाली चुमाए । यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र संकटाले जित निकाल्यो । दिनको पहिलो खेलमा विभागीय टोली एएिफले हिमालयन शेर्पा क्लवलाई २–० ले हरायो । एपिएफका पूजन ढकाल र आदर्श मेचेले गोल गरेका हुन् । दुवै हाफमा समान एक गोल निस्कियो । ३१औं मिनेटमा पूजनले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । हिमालयन शेर्पाका कप्तान प्रदीप खत्रीले फुत्काएको बल सदुपयोग गर्दै एपिएफले गोल गरेको हो । लेफ्ट साइटबाट प्रदीपले गरेको प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर उत्सव खड्काले राम्रोसँग जज गर्न नसक्दा जाली चुम्न पुग्यो ।

५२औं मिनेटमा आदर्शको गोलबाट एपिएफले अग्रता दोब्बर बनायो । राइट साइडबाट सुशान्त जिएमले दिएको क्रस सदुपयोग गरेका आदर्शले हिमालयन शेर्पाका तीन डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरेका हुन् । त्यसपछि थप गोल हुन सकेन र एपिएफले तेस्रो जित निकाल्यो । ६ खेलमा एपिएफ ९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा ६ खेलमा आठ अंकसहित सातौं स्थानमा झरेको छ । हिमालयन शेर्पाको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा हिमालयन शेर्पा त्रिभूवन आर्मी क्लवसँग पराजित भएको थियो ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?