Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

ओली—भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा


काठमाडौँ। नेकपा एमाले नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको छलफल सकारात्मक हुने बताएका छन् ।

ओली र भण्डारीबीचको छलफलका क्रममा पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भेटपछि सकारात्मक र सुखद् समाचार सुन्न पाउने विश्वास व्यक्त गरे । उनले अहिले पार्टीभित्र धेरै विवाद छ र समाधान नै हुन सक्दैन झैँ प्रचार गरिएको भन्दै त्यस्तो अवस्था नरहेको बताए । पोलिटब्युरो बैठकमा नेताहरुले पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल गरेर भण्डारीको सक्रिय राजनीतिमा आउने वा नआउने भन्नेबारे निकास दिनुपर्ने सुझाव दिएका थिए ।

उनले भने, ‘पार्टीभित्र जुन प्रकारको विवाद र द्वन्द्व छ, यो समाधान नहुने ठाउँमा पुगेको छ भन्ने चर्चा र परिचर्चा भएको छ । त्यस प्रकारको हो भन्ने मलाई लाग्दैन । पोलिटब्युरोको बैठक र सचिवालयको बैठकमा पनि धेरै कमरेडहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गर्ने की नगर्ने भन्नेबारेमा दुई जनाको बीचमा सघन रुपमा छलफल भएर सहज निकास निकाल्नुस् भन्ने सुझाव दिएअनुरुप आज भेट भएको हो । सकारात्मक र सुखद् समाचार सुन्न पाउनेछौँ ।’

पूर्वराष्ट्रपति भण्डारीले पहिला नै पार्टी सदस्यता नविकरण गरिसक्नुभएको बताए ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?