Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

ओली—भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा


काठमाडौँ। नेकपा एमाले नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको छलफल सकारात्मक हुने बताएका छन् ।

ओली र भण्डारीबीचको छलफलका क्रममा पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भेटपछि सकारात्मक र सुखद् समाचार सुन्न पाउने विश्वास व्यक्त गरे । उनले अहिले पार्टीभित्र धेरै विवाद छ र समाधान नै हुन सक्दैन झैँ प्रचार गरिएको भन्दै त्यस्तो अवस्था नरहेको बताए । पोलिटब्युरो बैठकमा नेताहरुले पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल गरेर भण्डारीको सक्रिय राजनीतिमा आउने वा नआउने भन्नेबारे निकास दिनुपर्ने सुझाव दिएका थिए ।

उनले भने, ‘पार्टीभित्र जुन प्रकारको विवाद र द्वन्द्व छ, यो समाधान नहुने ठाउँमा पुगेको छ भन्ने चर्चा र परिचर्चा भएको छ । त्यस प्रकारको हो भन्ने मलाई लाग्दैन । पोलिटब्युरोको बैठक र सचिवालयको बैठकमा पनि धेरै कमरेडहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गर्ने की नगर्ने भन्नेबारेमा दुई जनाको बीचमा सघन रुपमा छलफल भएर सहज निकास निकाल्नुस् भन्ने सुझाव दिएअनुरुप आज भेट भएको हो । सकारात्मक र सुखद् समाचार सुन्न पाउनेछौँ ।’

पूर्वराष्ट्रपति भण्डारीले पहिला नै पार्टी सदस्यता नविकरण गरिसक्नुभएको बताए ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?