Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना बनाउन सरकारलाई निर्देशन


काठमाडौँ। प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्धता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै स्पष्ट कार्ययोजना बनाउन निर्देशन दिएको छ ।

आईतवार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले पहिलोदेखि तेस्रो मानव अधिकारसम्बन्धी आवधिक समीक्षासम्म गरिएका प्रतिवद्धता र स्वीकार गरिएका सिफारिसहरुको कार्यान्वयन गर्न समयसीमा सहितको राष्ट्रिय कार्ययोजना तत्काल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

उनले भनिन, ‘प्रथमदेखि तेस्रो आवाधिक समीक्षामा गरिएका प्रतिवद्धताहरु र कार्यान्वयन गर्न स्वीकार गरिएका सिफारिसहरुको समयसीमा सहितको राष्ट्रिय कार्ययोजना निर्माण गरी नतिजामूलक कार्यान्वयन गर्न आर्थिक कुटनीतिमार्फत विश्वव्यापी आवधि समीक्षा कोषमा पहुँच पुर्याउन र अन्तरराष्ट्रिय सहयोगको लागि आवश्यक प्रवन्ध गर्न, मानव अधिकारको कार्यान्वयनको सम्बन्धमा सूचकमा आधारित अनुगमन तथा प्रगति रिपोर्टिङ प्रणालीको विकास गरी कार्यान्वयन गर्न यो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गर्दछ ।’

समितिले मानव अधिकारको अवस्थाबारे सूचकाङ्कमा आधारित अनुगमन तथा प्रगति प्रतिवेदन प्रणाली विकास गरेर त्यसलाई व्यवहारमा उतार्न समेत समितिले सरकारलाई आग्रह गरेको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?