Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण : एमाले उपाध्यक्ष पाण्डेको दाबी


काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण दुई वर्ष पहिला नै भइसकेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कायालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नविकरण भइसकेको बताएको पनि बताए । पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताएको जानकारी दिए ।

उनले भने, ‘अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुंगो गर्छौं भन्नुभएको हो । यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो । उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो । दुई वर्षअघि नै नविकरण गरेँ भन्नुभएको छ । १ वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नविकरण भएको भन्नुभएको थियो । अध्यक्षज्युले पनि यसमा सहमति गर्नुभएको थियो ।’

उपाध्यक्ष पाण्डेले पार्टी सदस्यता नविकरण पहिला नै भएको विषय रहेको बताए ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?