Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले शेखर कोईरालाको पक्षमा काँग्रेसमा ६० प्रतिशत सांसदहरु रहेको दाबी गरेका छन् ।

पार्टीका सांसद कोईराला पक्षधर नेताहरुसँगको भेटपछि आईतावर काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने बारेमा पनि छलफल भएको बताए । उनले यसको निष्कर्ष भने निस्कि नसकेको र अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको बताए । उनले संसदीय दलको नेतामा भिड्न सांसद कोईरालाले चाहने हो भने ६० प्रतिशत पुग्ने दाबी गरे ।

उनले भने, ‘हाम्रा जति पनि साथीहरु केन्द्रिय स्तरमा वा प्रदेश स्तरमा मन्त्री मण्डलमा हुनुहुन्छ, यि सबै साथीहरुलाई ब्याक बोलाउने भन्नेसम्म पनि जानसक्छ । त्यसैको निम्ति एक दुई दिन हामीलाई समय लाग्छ । आजका मितिमा डा. शेखर कोईरालाले चाहँदाखेरी संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ । संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ । अहिले देश रोएको अवस्था छ ।’

सांसद शर्माले यस वर्ष आफूले कसैलाई घुस नखुवाई कम्पनी रेन्यु गरेको बताए । वर्तमान सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको धारणा नेता कोईरालाले राख्दै आएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा –माओवादी केन्द्र) र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेसँगै सरकार परिवर्तनको चर्चा चुलिएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?