Trending
>>   दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो >>   नक्कली नोट सहित दुई जना पक्राउ >>   इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण >>   एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ >>   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग >>   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन >>   स्वाट्टै घट्यो सुनको मूल्य ,आज कतिमा भईरहेकोछ कारोबार ? >>   पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु >>   कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक : मन्त्री अधिकारी >>   लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते
Logo
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

आज गाई पूजा


२७ ,कात्तिक ,काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।


प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?