रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म
रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको हो । अल्ट्रासाउण्ड सञ्चालनका लागि प्रदेश तालिम केन्द्रले सियारी गाउँपालिकालाई छनोट गरी तालिम दिएको गाउँपालिकाका स्वास्थ्य शाखा
कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण सुरु गरेको हो । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागेको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण सुरु भएको हो । सम्झौताअनुसार आगामी वैशाखमा
एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो । अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताउनुभयो । “हाडजोर्नीसम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं चारदिने भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उहाँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गर्नुभयो । सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेशल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रुपमा महासचिव
काठमाडौं । काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभागले वायु प्रदुषण न्यूनीकरण सचेतना अभियान सुरु गरेको छ । ६ दिने कार्यक्रमअन्तर्गत पहिला ४ दिनमा जनप्रतिनिधि, सफाईका कर्मचारी, नगर प्रहरी, सवारी चालकलाई वायु प्रदुषण कारण र नियन्त्रणका विषयमा अभिमुखीकरण गरिनेछ । पछिल्ला २ दिन आगामी दिनमा गर्नु पर्ने कामका विषयमा कार्यशाला गोष्ठी
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल
जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो सहयोग प्रदान गरिएको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज कीर्तिपुरस्थित सो अस्पताल परिसरमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गर्नुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रा डा सूर्यप्रसाद ढुङ्गेलले मानसिक समस्या ९डिप्रेसन० भयो भनेर लज्जित नहुन आग्रह गर्नुभएको छ । सडक आश्रित मानवमुक्त अभियान नेपालद्वारा सोमबार ललितपुरमा आयोजित आत्महत्या रोकथामसम्बन्धी सहयोगी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ मानसिक समस्या पनि एकप्रकारको रोग भएकाले बेलैमा सचेत भई उपचार गर्नुपर्छ भन्नुभयो । “मानसिक
नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिनुभयो