Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै


२९ फागुन ,फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । पाथीभरा मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सहजताको लागि हेल्थ डेस्क स्थापना गर्न लागेको हो ।

पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताए ।

अहिले पाथीभराको ठूलो फेदीमा स्वास्थ्यकर्मी र औषधिसहितको हेल्थ डेस्क सञ्चालनमा भइरहेको छ । अस्पताल, नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं १ गुल्मसहितको सहयोगमा तीर्थालुको चाप बढी हुने समय अवधिभर थप हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।

पाथीभरा क्षेत्रमा सञ्चालनमा रहेको होटलमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारणसमेत गरिएको छ । मन्दिर क्षेत्र र त्यहाँको आवास प्रबन्धसहितको जानकारी दिन सदरमुकाम फुङ्लिङमा सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?