Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै


२९ फागुन ,फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । पाथीभरा मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सहजताको लागि हेल्थ डेस्क स्थापना गर्न लागेको हो ।

पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताए ।

अहिले पाथीभराको ठूलो फेदीमा स्वास्थ्यकर्मी र औषधिसहितको हेल्थ डेस्क सञ्चालनमा भइरहेको छ । अस्पताल, नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं १ गुल्मसहितको सहयोगमा तीर्थालुको चाप बढी हुने समय अवधिभर थप हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।

पाथीभरा क्षेत्रमा सञ्चालनमा रहेको होटलमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारणसमेत गरिएको छ । मन्दिर क्षेत्र र त्यहाँको आवास प्रबन्धसहितको जानकारी दिन सदरमुकाम फुङ्लिङमा सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?