Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पाकिस्तानमा पोलियो विरुद्धको अभियान


२९ फागुन, एजेन्सी। पाकिस्तानका कतिपय प्रान्तहरुमा पोलियोका विरामीहरु देखिएपछि यसका विरुद्धमा अभियान सञ्चालन गरिएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि यहाँको सरकारले सोमबारदेखि पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ ।

सिन्धको प्रान्तीय सरकारले मार्च १३ (सोमबार) देखि यो अभियान सुरु गरिने र पाँच दिनसम्म सञ्चालन गरिने जानकारी दिएको छ ।

सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले यो पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा यहाँका कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई दिइने बताइएको छ ।

त्यसपछि अर्काे अर्थात् दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ ।

सो दोस्रो चरणमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकालाई दिइने छ । यसरी दुवै चरणमा गरेर दुई करोड भन्दा बढी बालबालिकालाई सो खोप दिइने भएको अधिकारीहरुले जनाएका हुन् ।

यसअघि पनि यहाँको सरकारले पाकिस्तानको खैबर प्रान्तका बालबालिकालाई सो खोप दिएको थियो । पोलियाको प्रकोप देखिएका स्थानहरुमा सरकारले पोलियो खोप अभियान तत्कालै सञ्चालनमा ल्याएको छ ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?