Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्दै डा रेग्मी


२७ फागुन, काठमाडाैँ । सामान्यतया ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्न धेरै चिकित्सक हच्किन्छन् । परिवारले पनि त्यति धेरै वृद्धावस्थामा मुटुको शल्यक्रिया गर्न महत्व दिँदैनन् तर, चितवनका एक चिकित्सक भने वृद्धवृद्धाको मुटुको जटिल शल्यक्रिया गर्दै आएका छन् ।

चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मी आफूले गरेका शल्यक्रियामध्ये ३० प्रतिशत ७५ वर्षमाथिका रहेको बताउँछन् । एक दिनको शिशुदेखि ९५ वर्षका वृद्धको समेत आफूले मुटुको शल्यक्रिया गरेको उनको भनाइ छ । सन् २००२ देखि १० वर्ष काठमाडौैँको गङ्गालाल हृदयरोग केन्द्रमा काम गरेका डा रेग्मी विगत ११ वर्षदेखि चितवन मेडिकल कलेजमा काम गर्दै आएका छन् । मेडिकल कलेजमा विभिन्न विभागसमेत रहेकाले वृद्धवृद्धामा देखिने अन्य समस्याको उपचार गरेर मुटुको शल्यक्रिया गर्ने गरेको उनको भनाइ छ । कतिपयको मुटुको शल्यक्रियापछि प्रोस्टेटलगायत अन्य रोगको शल्यक्रिया गर्ने गरेको डा रेग्मी बताउँछन् ।

चितवन आएर मात्रै आफ्नो नेतृत्वमा मुटुका पाँच हजार चार सय ७१ जटिल शल्यक्रिया गरेको बताउँदै उनले यीमध्ये ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेको बताए । उनका अनुसार कोरोनरी एन्जियोग्राम तीन हजार ७४, कोरोनरी एन्जियोप्लास्टी एक हजार नौ सय ३३, पेसमेकर दुई सय ४७, पिटिएमसिन (मुटुको भल्व सानो भएको) दुई सय आठ, बिएभी दुई र बिपिभि सात वटा भएका छन् । यसबाहेक मुटुमा जमेको पानी तान्ने, अस्थायी ब्याट्री राख्नेलगायत साना शल्यक्रिया भएको डा रेग्मीले जानकारी दिए ।

उनले भने, “एक दिनको बच्चादेखि ९५ वर्षको वृद्धसम्मको शल्यक्रिया गरेको छु”, यस अस्पतालमा मुटुरोग विभागमा तीन जना विशेषज्ञ चिकित्सक, दुई जना डिएम विद्यार्थी, पाँच जना फेलोसिप विद्यार्थी रहेका छन् । रेग्मीले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट बिरामी आउने गरेको बताए । सबै चिकित्सकले पाको उमेरकाको मुटुको शल्यक्रिया गर्न नचाहने भएकाले त्यस्ता बिरामी डा रेग्मीकोमा धेरै आउने गरेको उनको विभागमा कार्यरत अमृत काफ्लेले बताए ।

राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति जिल्लामा नै रहेको डा रेग्मीको दावी छ । उनले थपे, “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ ।” अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथ ल्याब रहेको छ ।

नेपाल सरकारको विपन्न नागरिक औषद्योपचार कोषमार्फत उपलब्ध एक लाख बराबरको छुटसमेत यस अस्पतालमा पाइन्छ । हिँड्दा छाती दुख्ने, छाती भारी हुने, हिँड्दा श्वास हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिए । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताए । डा रेग्मी मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सकमा परिचित भएको भन्दै उनले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको बताए ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?