Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ अवरुद्ध नसाको सफल उपचार


काठमाडौ। काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल नसाको विनाचिरफार सफल उपचार गरेको छ । खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी’मार्फत सफल उपचार भएको यो घटना नेपालकै पहिलो भएको कलेजले जनाएको छ । पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा भएर काठमाडौं मेडिकल कलेज पुग्नुभएको थियो । खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्याबाट पीडित राम्जालीको केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको जनाएको छ । बिरामीको मुख्य समस्या रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण नसा भएको अवरोध थियो । डा. बस्यालले पहिलो चरणमा खुला शल्यक्रिया (ओपन सर्जरी)मार्फत नसाको मर्मत गरिए पनि तल्लो भागमा रहेको कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएपछि चिकित्सकीय टोलीले ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरि उपचार गरिएको जानकारी दिएका छन् । उनले दुवै जना बिरामीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको समेत जानकारी दिएका छन् । उनले भने, ‘केएमसीमा केही दिन अगाडि हामीले जटिन नसासम्बन्धी उपचार गरेका छौँ । त्यसको लागि हामीले ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग पनि गरेका छौँ । त्यो प्रविधिको प्रयोग नेपालमै अहिले पहिलो पटक भएको छ । त्यो प्रविधिको प्रयोग गर्नुको कारण के हो भने उहाँहरु दुई जनाको चिरफार गर्यो भने खुट्टा नै गुमाउनुपर्ने अवस्था थियो । यो प्रविधिले नसामा रहेको अवरोध हटाई रक्तसञ्चार प्रक्रियालाई सहज बनाउन सजिलो हुन्छ । अहिले दुई जना विरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । निकट भविष्यमा अरु बिरामीको समेत यही प्रविधिबाट उपचार गर्नेगरी अगाडि बढिरहेका छौँ ।’ सफल उपचारपछि हीरामायाका नाति विशाल राम्जालीले खुट्टा काट्नुपर्ने अवस्थाबाट बचाइदिएकोमा अस्पताल परिवारलाई धन्यावाद ज्ञापन गरेका छन् । उनले धेरै जसो अस्पतालमा उपचारका लागि जाँदा खुट्टा नै काट्नुपर्छ भनेको कारण आफूसहित परिवारमा समेत डर पैदा भएको भएपनि त्यस्तो अवस्था नआएकोमा खुसि व्यक्त समेत गरेका छन् । उनले भने, ‘पहिले चिकित्सकहरुले खुट्टा फाल्नुपर्ने चान्स धेरै नै छ भन्नुभएको हुँदा डर लागिरहेको थियो । यहाँ ल्याएपछि चाँही राम्रो ठाउँमा पुगियो जस्तो लागेको छ । खुट्टा पनि जोगियो, अवरुद्ध नसाको पनि उपचार भयो । अब आफैैं हिँड्न पनि सक्नुहुन्छ । त्यसकारण हामी एकदमै खुसि छौँ ।’ केएमसीले हीरामायासँगै यही प्रविधिमार्फत जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको समेत सफल उपचार गरेको छ । उनको एउटा खुट्टा यसअघि नै काटिसकिएको थियो भने अर्को खुट्टाको नसा पनि पूर्ण रूपमा बन्द भएको थियो । यस्तो जटिल अवस्थालाई समेत बिनाचिरफार उपचार गरेपछि केएमसीले रक्तनलीसम्बन्धी उपचारमा आफ्नो विशेषज्ञता थप स्थापित गरेको छ । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको कुशल संयोजनका कारण अब नसा बन्द भएर अंग गुमाउनुपर्ने जोखिम भएका बिरामीका लागि नयाँ उपचार विकल्प उपलब्ध भएको छ ।

काठमाडौ। काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल नसाको विनाचिरफार सफल उपचार गरेको छ ।

खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी’मार्फत सफल उपचार भएको यो घटना नेपालकै पहिलो भएको कलेजले जनाएको छ । पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा भएर काठमाडौं मेडिकल कलेज पुग्नुभएको थियो । खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्याबाट पीडित राम्जालीको केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको जनाएको छ । बिरामीको मुख्य समस्या रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण नसा भएको अवरोध थियो । डा. बस्यालले पहिलो चरणमा खुला शल्यक्रिया (ओपन सर्जरी)मार्फत नसाको मर्मत गरिए पनि तल्लो भागमा रहेको कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएपछि चिकित्सकीय टोलीले ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरि उपचार गरिएको जानकारी दिएका छन् । उनले दुवै जना बिरामीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको समेत जानकारी दिएका छन् ।

उनले भने, ‘केएमसीमा केही दिन अगाडि हामीले जटिन नसासम्बन्धी उपचार गरेका छौँ । त्यसको लागि हामीले ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग पनि गरेका छौँ । त्यो प्रविधिको प्रयोग नेपालमै अहिले पहिलो पटक भएको छ । त्यो प्रविधिको प्रयोग गर्नुको कारण के हो भने उहाँहरु दुई जनाको चिरफार गर्यो भने खुट्टा नै गुमाउनुपर्ने अवस्था थियो । यो प्रविधिले नसामा रहेको अवरोध हटाई रक्तसञ्चार प्रक्रियालाई सहज बनाउन सजिलो हुन्छ । अहिले दुई जना विरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । निकट भविष्यमा अरु बिरामीको समेत यही प्रविधिबाट उपचार गर्नेगरी अगाडि बढिरहेका छौँ ।’

सफल उपचारपछि हीरामायाका नाति विशाल राम्जालीले खुट्टा काट्नुपर्ने अवस्थाबाट बचाइदिएकोमा अस्पताल परिवारलाई धन्यावाद ज्ञापन गरेका छन् । उनले धेरै जसो अस्पतालमा उपचारका लागि जाँदा खुट्टा नै काट्नुपर्छ भनेको कारण आफूसहित परिवारमा समेत डर पैदा भएको भएपनि त्यस्तो अवस्था नआएकोमा खुसि व्यक्त समेत गरेका छन् ।

उनले भने, ‘पहिले चिकित्सकहरुले खुट्टा फाल्नुपर्ने चान्स धेरै नै छ भन्नुभएको हुँदा डर लागिरहेको थियो । यहाँ ल्याएपछि चाँही राम्रो ठाउँमा पुगियो जस्तो लागेको छ । खुट्टा पनि जोगियो, अवरुद्ध नसाको पनि उपचार भयो । अब आफैैं हिँड्न पनि सक्नुहुन्छ । त्यसकारण हामी एकदमै खुसि छौँ ।’

केएमसीले हीरामायासँगै यही प्रविधिमार्फत जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको समेत सफल उपचार गरेको छ । उनको एउटा खुट्टा यसअघि नै काटिसकिएको थियो भने अर्को खुट्टाको नसा पनि पूर्ण रूपमा बन्द भएको थियो । यस्तो जटिल अवस्थालाई समेत बिनाचिरफार उपचार गरेपछि केएमसीले रक्तनलीसम्बन्धी उपचारमा आफ्नो विशेषज्ञता थप स्थापित गरेको छ । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको कुशल संयोजनका कारण अब नसा बन्द भएर अंग गुमाउनुपर्ने जोखिम भएका बिरामीका लागि नयाँ उपचार विकल्प उपलब्ध भएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?