Trending
>>   प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीमा धेरै निजी क्षेत्र >>   लौ न प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले हप्तामा एक पटक खबर पठाउँछन्ः महामन्त्री थापा >>   रवि लामिछानेलाई काठमाडौं ल्याइयो >>   सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य >>   मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै >>   सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी ग¥योः कृषिमन्त्री अधिकारी >>   चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल >>   स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छः अध्यक्ष अग्रवाल >>   उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी >>   आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउन नीतिगत सुधार आवश्यकः अध्यक्ष ढकाल
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

स्वाश्थ्य


यही वर्षदेखि आँबुखैरेनी अस्पतालमा ‘डायलायसिस’ सेवा

१० ,भाद्र ,दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो । करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण

चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

९ ,भाद्र ,काठमाडौँ । तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ । सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

८ ,भाद्र ,काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा कर्णाली प्रदेशका

‘तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ’

७ ,भाद्र ,पाटन, (ललितपुर) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तर्राष्ट्रियस्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए

एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

७ ,भाद्र ,चितवन । भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ । हिपको हड्डी भाँचिएर अस्पताल आउनुभएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो । अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी उनको भदौ ५ गते जोर्नी

एक महिनामा एक सयभन्दा बढीले लिए सर्पदंशको उपचार

७ भदाै, चितवन । भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो भने अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको छ । चितवन, नवलपुर, मकवानपुर, तनहुँलगायतका

आजदेखि भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

७ भदाै, चितवन । भरतपुर अस्पतालमा बिहीबारदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ। अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६-५९७००३ मा फोन गरेर ‘रिङटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ। यो

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

७ भदाै, मकवानपुर । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए । प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा

तनहुँमा एक लाख स्वास्थ्य बीमामा आबद्ध

७ भदौ, तनहुँ । तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५ प्रतिशत मात्रै जनसङ्ख्या

पहिरोले वडा र स्वास्थ्य भवन जोखिममा

७ भदाै, बैतडी । वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाइको भवन पहिरोको जोखिममा परेको हो । वर्षापछि वडा कार्यालय अगाडिको पर्खाल भत्किएपछि भवन जोखिममा परेको सामाजिक परिचालक रनबहादुर विष्टले

सम्वन्धित समाचारहरु