Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राष्ट्रपतिद्वारा घाइतेहरूकाे उपचारमा कुनै कसर बांकी नराख्न आग्रह


काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेलले स्वास्थमन्त्री माेहनबहादुर बस्नेतसंग भूकम्पबाट भएका घाइतेहरूकाे शिघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बांकी नराख्न आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसंग उहाले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूकाे अवस्था,उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि साे आग्रह गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार राष्ट्रपति पाैडेलले उपचार प्रक्रियालाई सहज,सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बांकी नराख्न आग्रह गर्नुभएको थियोे । साे अवसरमा उहांले अस्पतालहरूकाे स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीकाे व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राख्नुभएको जनाइएको छ । जाडोयामसंगै देखापर्ने विभिन्न राेगकाे उपचारका लागि पनि बेलैमा आावश्यक तयारी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?