Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा घाइतेहरूकाे उपचारमा कुनै कसर बांकी नराख्न आग्रह


काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेलले स्वास्थमन्त्री माेहनबहादुर बस्नेतसंग भूकम्पबाट भएका घाइतेहरूकाे शिघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बांकी नराख्न आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसंग उहाले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूकाे अवस्था,उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि साे आग्रह गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार राष्ट्रपति पाैडेलले उपचार प्रक्रियालाई सहज,सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बांकी नराख्न आग्रह गर्नुभएको थियोे । साे अवसरमा उहांले अस्पतालहरूकाे स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीकाे व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राख्नुभएको जनाइएको छ । जाडोयामसंगै देखापर्ने विभिन्न राेगकाे उपचारका लागि पनि बेलैमा आावश्यक तयारी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?