Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

स्वास्थ्य संस्थामा क्षति भएपछि खुल्ला आकाशमुनी बसेरै सेवा दिइदै


जाजरकोट। भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि यहाँको स्वास्थ्य सेवा खुल्ला आकाशमुनी बसेरै सेवा दिन थालिएकोे छ । दस शश्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थामा भूकम्पले भवन छियाछिया बनाएकाले खुल्ला आकाशमुनी बसेरै सेवा दिनुपरेको हो । उक्त गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवासमेत खुल्ला आकाशमुनी बसेरै दिनु परेको सिनियार अनमी कल्पना रोकायले बताइन् । सो भवनको कुनै ठाउँ पनि सक्लो नहुँदा काम गर्न मुस्किल भएपछि एम्बुलेन्स राख्न बनाइएको ठाउँमा आवश्यक उपकरण राखेर उपचार गर्नुपरेको उनको भनाइ रहेको थियो । अहिले पनि पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको सिनियार अनमी रोकायले जानकारी दिइन । उक्त गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटर टाढाको दूरीमा रामीडाडा पर्दछ । अहिले भूकम्पबाट घाइते भएका सर्बसाधारण तथा अन्यलाई समेत सेवा दिन समस्या भएको उनले जानकारी दिदै दस शश्याको नयाँ भवन निर्माण नभएको र पुरानै भवनबाट सेवा उपलब्ध गराउँदै आइएकामा अहिले भूकम्पले भवनमा क्षति पुर्‍याएकाले हैरानी खेप्नु परेको हो ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?