Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

काठमाडौँ ल्याइएका भूकम्पमा परी घाइते भएकाको अवस्था सामान्य


१९ ,कात्तिक ,काठमाडौँ । भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए ।

भूकम्पबाट घाइते भएकामध्ये छ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो ।

पचपन्न वर्षीया मैना ओली, ६२ वर्षीया साबित्री चन्द, २० वर्षीया सुशीला बुढा, २० वर्षीया विमला ओली (बुढाथोकी), १२ वर्षीया निरुता पुन, ६३ वर्षीया बाली बुढाथोकी, सीता पाण्डेको २१ दिनको शिशू, एक वर्षीय रिषभ बुढाथोकी र २२ वर्षीय गोपाल बुढाथोकीको उपचार जारी छ ।

शुक्रबार रातिको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ ।

सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी जाजरकोटमा एक सय १२, रुकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीन/तीन तथा सल्यान र रोल्पामा एक÷एक गरी दुई सय ५७ घाइते भएका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?