Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अस्पताल बनाउन नासो गाउँपालिकालाई दिए गुरुङले निःशुल्क जग्गा


मनाङ। ‘एउटा स्थानीय तह, एउटा अस्पताल’अन्तर्गत हिमाली जिल्ला मनाङमा अस्पताल निर्माण गरिने भएको छ । नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा. देवीजङ्ग गुरुङले जग्गा दान गरेका छन् । उक्त गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा उनले जग्गा दान गरेका हुन् । नासो–५ थोचेस्थित ‘हिमालयन फ्यामली हेल्थकेयर’को स्वामित्वमा रहेको उक्त जग्गा अस्पताल निर्माणका लागि पालिकालाई दिएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार रोपनी ११ आना जग्गामध्ये पाँच रोपनी अस्पताल निर्माण गर्न पालिकालाई दान गरिएको छ । त्यसैगरी, मनाङमा जन्मिएर अमेरिकामा बस्दै आएका डा. गुरुङले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार करिब रु ७५ लाख पर्छ भने गाउँपालिकाले पाँच श्ययाको अस्पताल निर्माण गर्ने योजना बनाएको छ, तर जग्गा अभावका कारण हालसम्म अस्पताल निर्माण गर्न सकिएको थिएन ।

हिमालयन फ्यामली हेल्थ केयरका संस्थापक तथा कार्यकारी निर्देशकसमेत रहेका डा. गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मिल्ने खालको काम पालिकाले गर्न लागेपछि जग्गा उपलब्ध गराएको बताउदै उनले भने, “हामीले पनि अस्पताल बनाउनकै लागि जग्गा खरिद गरेका हौँ । तर, निर्माण गरिएको थिएन । अहिले पालिकाको उद्देश्य र हाम्रो एउटै रहेकाले अस्पताल बनाउन जग्गा दिएका हौँ ।” उक्त अस्पताल निर्माण भएपछि नासो गाउँपालिकावासीलाई स्वास्थ्योपचारमा सहज हुनेछ । त्यस्तै, सामान्य उपचारका लागि पनि स्थानीयवासी सदरमुकाम वा छिमेकी जिल्लाको अस्पताल पुग्नुपर्ने अवस्था छ । पालिकाले एक विशेषज्ञ चिकित्सक रहने गरी अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अध्यक्ष गुरुङले जग्गा निःशुल्क उपलब्ध भएकाले अब अस्पताल निर्माणको प्रक्रिया थाल्ने बताए ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?