Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भूकम्पमा घाइते भएपछि रिफर गरिएका ७४ जनाको विभिन्न अस्पतालमा उपचार हुदै


काठमाडौं: जाजरकोट र पश्चिम रुकुममा यही कात्तिक १७ गते गएको विनासकारी भूकम्पमा गरेर गम्भिर घाइते भएपछि थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ भने नेपालगन्जको भेरी असपतालमा ४६ जनाको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८ जनाको उपचार भइरहेको र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरेर भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट आधारभूत स्वास्थ्य सेवा सुचारु रुपमा भइरहेको र मन्त्रालय प्रदेश सरकार र स्थानिय सरकारसँग पनि समुन्वय गरेर घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन लागि परेको जनाएको छ । घाइतेहरुको सम्पूर्ण उपचार निशुल्क रुपमा भइरहेको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन् ।

घाइतेहरुको औषधि उपचारमा कुनै कमि हुन नदिन मन्त्रालयले आफ्ना संयन्त्रलाई परिचालन गरेको तदारुकताका साथ काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बताए ।यसैबिच प्रदेश सरकारसँग समन्वय र भविश्यमा भूकम्प प्रभावित क्षेत्रमा हुन सक्ने महामारीको आकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको ३ सदस्यिय टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । उक्त टोलीले भूकम्पपछि त्यो क्षेत्रमा देखिन सक्ने महामारी, कुपोषण, मनोसमाजिक समस्या लगायतको रोकथाम र व्यवस्थापनका क्षेत्रमा काम गर्ने छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?