Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भूकम्पमा घाइते भएपछि रिफर गरिएका ७४ जनाको विभिन्न अस्पतालमा उपचार हुदै


काठमाडौं: जाजरकोट र पश्चिम रुकुममा यही कात्तिक १७ गते गएको विनासकारी भूकम्पमा गरेर गम्भिर घाइते भएपछि थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ भने नेपालगन्जको भेरी असपतालमा ४६ जनाको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८ जनाको उपचार भइरहेको र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरेर भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट आधारभूत स्वास्थ्य सेवा सुचारु रुपमा भइरहेको र मन्त्रालय प्रदेश सरकार र स्थानिय सरकारसँग पनि समुन्वय गरेर घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन लागि परेको जनाएको छ । घाइतेहरुको सम्पूर्ण उपचार निशुल्क रुपमा भइरहेको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन् ।

घाइतेहरुको औषधि उपचारमा कुनै कमि हुन नदिन मन्त्रालयले आफ्ना संयन्त्रलाई परिचालन गरेको तदारुकताका साथ काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बताए ।यसैबिच प्रदेश सरकारसँग समन्वय र भविश्यमा भूकम्प प्रभावित क्षेत्रमा हुन सक्ने महामारीको आकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको ३ सदस्यिय टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । उक्त टोलीले भूकम्पपछि त्यो क्षेत्रमा देखिन सक्ने महामारी, कुपोषण, मनोसमाजिक समस्या लगायतको रोकथाम र व्यवस्थापनका क्षेत्रमा काम गर्ने छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?