बागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् । सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको
कास्की । बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियानअन्र्तगत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ
स्याङ्जा । आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार पालिकाभित्रका जुनसुकै टोल
काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ स्थित धनगडवामा रु. १८ करोड लागतमा आधारभूत अस्पताल निर्माण थालिएको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न रु. १८ करोड बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो । सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि पालिकामा आधारभूत अस्पताल नहुँदा स्थानीय
तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरापालिका-५ बेलचौतरास्थित केन्द्रको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलाइसिस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले केन्द्रको आज निरीक्षण गदै उनले मेसिन खरिद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिए । उनले
गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । पोखरा महानगरपालिका-१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य विमाबाट प्राप्त
बाँके । नेपालगञ्ज उपमहानगरपालिका डेंगु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरु आत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेंगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । “नेपालगन्ज डेंगु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका
काठमाडौं। सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाएका छन् । नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महशुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय