Trending
>>   सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठनको सहमति, आन्दोलन कायम >>   इराकमा तेल, ग्यास प्रविधि प्रदर्शनी आयोजना >>   नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब शुरु >>   इटाली र चीनबीच सांस्कृतिक आदानप्रदान >>   रूसमा रेल पटरीबाट खस्दा ७ जनाको मृत्यु >>   रुसी हवाई क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण >>   इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु >>   सार्वजनिक यातायात बन्दसँगै नागरिकको दैनिक जनजीवन प्रभावित >>   रसको प्रशिक्षणमा अभ्यस्त हुन थाल्यौं किरण चेम्जोङ >>   आज मिति २०८२ साल जेठ १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

पुस ५ देखि काठमाडौंमा नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै


काठमाडौँ । पुस ५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा चौथो “नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” तथा “नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी” हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि. तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) को संयोजकत्वमा पुस ५ गतेदेखि ७ सम्म औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित मेला सञ्चालन हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ८० भन्दा बढी नेपाली तथा विदेशी कम्पनीहरुको स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।

उनकाअनुसार नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको र यस क्षेत्रहरूबाट देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने विश्वास प्रवन्ध निर्देशक भट्टराईको छ । स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउनसक्ने सम्भावना रहेको बताए ।

नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कार, नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नविनता प्रविष्ट गराउने माध्यम बन्ने बताए । प्रदर्शनीले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिष्पर्धात्मक रूपमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले भने , “नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” तथा “नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी” पुसको यही ५,६ र ७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । तयारी अन्तिम चरणमा छ । यो प्रदर्शनीमा फार्मास्युटिकल, न्युट्रास्युटिकल, डर्माटोलोजी, स्किन केयर, लगायत मेडिकल डिभाइसेस इक्वीपमेण्टहरुका कम्पनीहरुको सहभागिता रहन्छ । यसमा नेपाल, भारत, चीन लगायत युरोपियन राष्ट्रका केही कम्पनीहरु पनि आउँदैछन् । जसले नेपाललाई एउटा फार्मा सेक्टरमा उठ्दो बजारको रुपमा लिएर उहाँहरुले नेपाल बजारमा पनि आफे टेक्नोलोजीको बारेमा जानकारी गराउन चाहिराख्नुभएको छ । यो तीन दिनको प्रदर्शनीमा हाम्रो लगभग ८० वटा नेपाली तथा विदेशी स्टलहरु रहन्छ । जसले यि सबै सेक्टरका टेक्नोलोजीहरुको डेमोस्टेशन गर्नुहुन्छ । नेपालमा मेडिकल टुरिजमहरुको पनि अर्पच्युनिटी छ । नेपालमा अहिले राम्राबो हस्पिटलदेखि सबैकुरा स्टाब्लिस भइरहेका छन् । बाहिर गएर उपचार गर्ने कुरा अहिले नेपालमै उपचार भइरहेको छ । त्यो कुराहरु जानकारी गराउन पनि उचित माध्यम बन्नेछ ।’

प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरूसहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने आयोजकको विश्वास छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लैजाने प्रवन्ध निर्देशक भट्टराईले बताए । अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न स्वास्थसँग सम्बन्धित उद्योग, संघसंस्था लगायत अन्य सरोकारवालाहरुलाई समेटी गोष्ठी तथा सेमिनार कार्यक्रम आयोजना हुने आयोजकले बताएका छन् ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?