Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सरकारले निःशुल्क भएका औषधिको लुकिछिपी विक्री वितरण गर्नेहरुमाथि निगरानी गर्न आवश्यक : सांसद देवेन्द्र पौडेल


काठमाडौँ । समितिको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले सरकारले निःशुल्क वितरण गर्ने भनिएका औषधिहरु लुकिछिपी विक्री भइरहेको भन्दै मन्त्री पौडेलको ध्यानाकर्षण गराए  ।

उनले  सरकारले निःशुल्क भएका औषधिको लुकिछिपी विक्री वितरण गर्नेहरुमाथि निगरानी गर्न आवश्यक भएको बताए । अस्पतालको अगाडि खोलिएका फार्मेसीहरुमा मन्त्रालयको निगरानी बढाउनुपर्ने बताए  ।

उनले भने , ‘अहिले पनि वितरण गर्ने भनिएका औषधिहरु, जो निःशुल्क भनिएका छन्, लुकीछिपी विक्री भएका छन् । अनुगमन गर्नुहोला । नागरिकले पाउँदैन । उसको व्यक्तिको क्लिनिकबाट विक्री भएका छन् । अस्पतालको अगाडि खोलिएका फार्मेसीहरुमा मन्त्रालयको राम्रोसँग निगरानी होस् । फार्मेसी खोल्ने तरिका पनि ठिक छैन । अस्पतालको अगाडि भित्र किन्ने की बाहिर किन्ने ? भित्र पनि छ, बाहिर पनि छ । नागरिकले कहाँबाट किन्ने भन्नेकुरा क्लियर गरियोस् ।’


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?